एमालेले छ्यास्स हावा खोलिदियो भने गठबन्धन ध्वस्त : ओली

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन आफूहरूले रहन दिँदासम्म मात्र कायम रहने बताएका छन् ।

आज अनेरास्ववियुको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले सधै ‘बिग्रिएका तत्व’सँग घाँटी जोड्ने गरेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘नेपाली कांग्रेसले कस्तासँग घाँटी जोड्न भने बिग्रिएका, सडेका, लोकतन्त्र विरोधी, राष्ट्रियता विरोधी, विकाउ मालहरु, ‘जबसम्म भाँडो काम लाग्छ त्यसलाई भाँडो भनिन्छ । काम नलाग्ने भएर कुच्चिएर चुइने भएपछि पत्रु भनिन्छ । हो त्यस्तासँग नेपाली कांग्रेसले घाँटी जोड्छ । थोत्रा तत्वहरु र पत्रु तत्वहरु, प्रतिगामी तत्वहरु । यस्ताहरुसँग कांग्रेसले एकता गर्छ । उहिले होस् कि अहिले होस् कांग्रेसको जातै त्यस्तै हो ।’

उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन कायम राख्नका लागि बालुवाटार जाने गरेको बताउँदै आफूहरूले सहजै रूपमा गठबन्धन तोड्न सक्ने दाबी गरे ।

उनले भने, “गठबन्धन तबसम्म रहन्छ । जबसम्म हामी यसलाई रहन दिन्छौँ । हामीले धेरै केही गर्नुपर्दैन । यो गठबन्धन चल्न नदिन चारवटा चक्का फुकाल्नुपर्छ र ? इन्जिन बन्द गर्नुपर्छ र ? केही गर्नुपर्दैन ।  छ्यास्स हावा खोलिदिए पछि सिद्धियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक