एमालेको घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्‍याउने प्रतिबद्धता

 १६ वैशाख ,काठमाडौँ । एमालेले स्थानीय तहको निर्वाचन घोषणापत्र तयार गरेको छ । आइतबार औपचारिक कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिने सचिव योगेश भट्टराईले बताए ।

उपाध्यक्ष वामदेव गौतम नेतृत्वको १५ सदस्यीय समितिले घोषणापत्रको मस्यौदा तयार गरेको थियो । शुक्रबार बसेको स्थायी समिति बैठकले २६ पृष्ठको घोषणापत्र पारित गरेको हो । पारित घोषणापत्रको भाषा सम्पादनको जिम्मेवारी उपाध्यक्ष भीमबहादुर रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

यस्तो छ, मूल नारा
एमालेले ‘संघीयता, समृद्धि र समाजवादको आधार : नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार’ भन्ने चुनावी मूल नारा बनाएको छ । समाजवादकेन्द्रित अर्थतन्त्रको विकासमा जोड दिइएको घोषणापत्रमा लोकप्रिय नारा र कार्यक्रमहरू समेटिएको नेताहरूले बताएका छन् ।

घोषणापत्रमा एमालेले वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताए । ०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरूको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजारसम्म पुर्‍याउने उल्लेख छ ।

-प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना घोषणापत्रमा छ ।

एक घर : एक रोजगार कार्यक्रम
केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ५५ बुँदे घोषणापत्रमा विभिन्न क्षेत्र र विषयहरू समेटिएका छन् । नयाँ युगको नयाँ निर्वाचन, नेकपा एमाले नेपाली जनताको सच्चा प्रतिनिधि, नेपाली जनताको सपना : समृद्ध समाजवादको स्थापना, राष्ट्रिय अर्थतन्त्रमा तीव्र वृद्धि : विद्युत् ऊर्जामा आर्थिक समृद्धिलगायतका बुँदामा केन्द्रित रहेर योजना र कार्यक्रमको व्याख्या गरिएको छ । त्यस्तै, एक घर : एक रोजगार, १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारीजस्ता महत्वाकांक्षी प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएका छन् ।

५ वर्षभित्र ५ हजार डलर प्रतिव्यक्ति आय
नेपालको प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्‍याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना एमालेले घोषणापत्रमा छ । १५ वर्षभित्र चीन र भारतलाई विकासमा उछिन्ने, दश वर्षमा एसियाली मापदण्डको विकासको स्तरमा मुलुकलाई पुर्‍याउने, कक्षा १२ सम्मको शिक्षा निःशुल्कलगायतका विषय घोषणापत्रमा समेटिएका छन् । नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने