उर्जामन्त्रीसँग उद्योगीहरुको यस्तो माग !

२१ साउन, हेटौंडा – हेटौंडाका उद्योगीहरुले उद्योग कलकारखाना संचालनका लागि आवश्यक बिजुलीको प्रबन्ध गर्न माग गरेका छन् ।

mahendra-bahadur-sahiकुलेखानी जलविद्युत आयोजनाको अनुगमनका लागि गएका उर्जा मन्त्री महेन्द्रबहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उनीहरुले नियमित विद्युत आपूर्ती नहुँदा उद्योग चलाउन समस्या भएको गुनासो गरेका हुन् ।

उद्योग संघ हेटौंडाले गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष नवराज अर्यालले बिजुलीको समस्याका कारण १ हजार मानिसले रोजगारी पाउन सक्ने २० वटा उद्योग तयारी अवस्थामा रहेपनि संचालन गर्न नसकिएको गुनासो गर्नुभयो । औद्योगिक क्षेत्रलाई राहत नदिइएको भन्दै उनले अहिले पनि दैनिक ३ घण्टा विद्युत जाने गरेको बताए ।

उर्जा मन्त्री शाहीले लोडसेडिङ मुक्त गर्ने गरी योजना बन्दै गरेको भन्दै जस्तो सुकै समस्या आएपनि आफू डटेर सामना गर्न तयार रहेको बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले औद्योगिक क्षेत्रमा लोडसेडिङ घटाउन पहल गर्ने बताए ।

‘पहिला १४ घण्टा लोडसेडिङ हुँदा पनि भएन, अहिले ३ घण्टामा झार्दा पनि भएन भन्नुहुन्छ, घिसिङले भने, यदि भारतबाट ल्याइएको महंगो बिजुलीको थप लागत उद्योगले व्यहोर्ने हो भने व्यवस्था मिलाउन सकिन्छ ।’ मन्त्री शाही सहितको टोलीले विहान कुलेखानी पहिलो दोस्रो र निर्माणाधीन तेस्रो जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने