April 26, 2020

उदयपुरमा जमाती समूहबाट कोरोना नसरेको पुष्टि

उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ।

शनिबार त्रियुगा नगपालिका– ३ भुल्के आइपुग्नुभएका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले शुरुमा आफूहरु सबैले भुल्केमा २८ जनामा देखिएको कोराना सङ्क्रमण भुल्केको नुरी मस्जिदमा लुकेर बसेका भारतीय १२ मुस्लीम धर्मगुरु जमातीबाट सरेको विश्वास गरेको भए पनि अहिले सो कुरा पुष्टि नभएको बताए।

मन्त्री घिमिरेले भने, “भुल्केको नुरी मस्जिदमा रहेका १२ मुस्लीम जमाती उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइ मस्जिदमा पनि १५ दिन रहेका र अन्यत्र पनि रहेका तर ती सबै जमाते रहेका स्थानका नागरिकको स्वाब नमूना जाँच गरेर रिपोर्ट हेर्दा रिपोर्ट नेगेटिभ आएको छ।”

अहिलेको कोरोना भुल्केमा जमातीबाट नसरेको बरु भुल्केका केही मुस्लीम युवा लकडाउनअघि नै साउदी र कतारबाट आएका कारण उनीहरुबाट सरेको मन्त्री घिमिरेको जिकिर छ। अहिले भुल्केमा विदेशबाट आएका युवा पनि २८ जना कोरोना सङ्क्रमित भित्र रहेका र उनीहरु अहिले विराटनगरस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनले बताए।

भुल्केमा विदेशबाट आएका स्थानीय मुस्लीम युवाले मस्जिदमा प्रवेश गर्दा जमातेमा सारेको पनि मन्त्री घिमिरे बताए। भोजपुरमा कोरोना सङ्क्रमित देखिएका युवा केही समयअघि साउदी अरबबाट आएका र उनैले कोरोना लिएर आएको पुष्टि भएका कारण तथ्यका आधारबाट हेर्दा र अहिलेसम्मको प्रदेश सरकारको अनुसन्धानबाट पनि जमाते समूहबाट कोरोना नसरेको मन्त्री घिमिरेले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने