February 28, 2020

ईयूले नेपाली पश्मिना र कफी उत्पादनमा १ अर्ब लगानी गर्ने

यूरोप–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी)अन्तर्गत यूरोपेली संघ (ईयू)ले नेपालको कफी र पश्मिना उत्पादनको क्षेत्रमा रू. १ अर्ब लगानी गर्ने भएको छ । टीआईपी कार्यक्रमको चौथौं वर्षमा ईयूले नेपाली पश्मिना र कफी क्षेत्रको उत्पादन प्रवद्र्धनमा सहयोग गर्ने बताएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

सहयोग राशिमध्ये अन्तरराष्ट्रिय व्यापार केन्द्रले रू. ६२ करोड ६१ लाख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालस्थित यूरोपेली संघको कार्यालयले संयुक्त रूपमा रू. ३७ करोड ५७ लाख खर्च गर्नेछन् ।

अन्तरराष्ट्रिय व्यापार केन्द्रले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ईयूले नेपाली कफी र पश्मिना क्षेत्रमा उत्पादनदेखि बजार पहुँचसम्मको कार्यक्रममा लगानी गर्ने बताएको हो । ईयू र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बीचको साझेदारीमा उक्त कार्यक्रम कार्यन्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण