आजका पत्रपत्रिकाका मुख्य समाचारहरु

१० वैशाख, काठमाडौं । आइतबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्वाचनको विरोधमा रहेको मधेसी मोर्चा निर्वाचनमा आउने सहमति बनेको र निर्वाचन दुई चरणमा हुन लागेको लेखेका छन् । यद्यपि, सरकार र मधेसी दलबीच भएको सहमतिमा भने एमालेले असन्तुष्टि जनाएको छ । एमालेको असन्तुष्टि छलफल प्रक्रियामा सहभागी नगराइएकामा हो ।

गोरखापत्र दैनिकले सरकार र मोर्चाबीच भएको सहमतिलाई मुख्य खबर बनाउँदै निर्वाचन दुई चरणमा हुने लेखेको छ । गोरखापत्रमै प्रतिकूल प्रभाव पार्ने गरी चुनाव सार्न नसकिने भनेर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले व्यक्त गरेको भनाइ पनि छापिएको छ ।

 

नयाँ पत्रिका दैनिकले स्थानीय निर्वाचन दुई चरणमा हुने लेखेको छ । संघीय प्रहरी ऐनको मस्यौदाबारेको एक सामग्री पनि नयाँ पत्रिकामा प्रकाशित छ ।

स्थानीय तह निर्वाचन दुई चरणमा शीर्षक दिएर मुख्य खबर लेखेको राजधानी दैनिकले लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा भएको अर्को सामग्री पहिलो पृष्ठमा पस्केको छ ।

निर्वाचन दुई चरणमा हुनेदेखि मणिपालको घाइते फर्काएको सम्मका खबर अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पृष्ठमा छ ।

निर्वाचनकै विषयलाई प्रमुख समाचार बनाएको नागरिक दैनिकले ‘मदन पुरस्कार विजेताः एकै थलोमा हजुरबा, नाति पुस्ता’ शीर्षक दिएर एक सामग्री छापेको छ ।
कान्तिपुर दैनिकले ‘अन्ततः मधेसी दल चुनावमा शीर्षक दिएर मुख्य खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने