असुलीका लागि भारतीय प्रहरीको अवरोध

असार ११, २०७४- सडकमा गाडीको लाम व्यवस्थित गर्ने नाममा सुनौली नजिकको कोतवाली थानाका भारतीय प्रहरीले नेपालतर्फ आएका मालबाहक गाडीबाट अवैध असुली गर्ने गरेका छन् । भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महाराष्ट्रलगायतका स्थानबाट नेपालका लागि औद्योगिक र व्यापारिक सामान लिएर आएका गाडीबाट पैसा असुल्ने गरिएको हो । मागअनुरूप नगद नदिने गाडीलाई थानाअगाडिबाट बढ्न रोक लगाइरहेको पाइएको छ । यसले नेपालका लागि सामान लिएर आएका दर्जनौं भारतीय मालबाहक गाडी सातासम्म भारतीय मार्गमा अलपत्र रोकिने गरेका छन् ।

भारतीय प्रहरीको यो व्यवहारले नेपालको भन्सार राजस्व प्रभावित हुनुको साथै समयमै आयातित वस्तु ढुवानी हुन नसक्दा नेपाली आयातकर्ता र व्यवसायी समस्यामा परेका छन् । अवैध असुलीले ढुवानी भाडा दर र गाडी मजदुरको खर्च बढ्ने हु“दा नेपालमा आयातित समानको लागत बढेर मूल्य वृद्धि हुन सक्छ । 

भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले कोतवाली थानाका भारतीय पुलिसले नेपाल आएका मालबाहक गाडीसँग पैसा असुल्न थालेपछि नेपाली आयातकर्ता समस्यामा पर्न थालेको बताए । ‘भन्सार प्रक्रिया पूरा गर्न नभ्याएका कारण पहिला प्रतिदिन ५०÷६० गाडी भारततर्फ रोकिने गर्थे र भोलिपल्ट नेपाल आउँथे,’ घिमीरेले भने, ‘अहिले १० किमिको दूरीमा रहेको गाडी हप्ता दिनसम्म पनि नेपाल आउन सकेका छैनन् ।’ कोतवाली थाना सुनौलीदेखि करिब ४ किमि दक्षिण सडकमा छ । भारतको सुनौली भन्सार कार्यालय बजारको मूलसडक किनारमैं छ । पार्किङस्थलसमेत नभएको सुनौली भन्सार कार्यालयमा भन्सार प्रक्रिया पूरा गर्न सडकमै गाडी रोकिँदा व्यस्त सुनौली बजारको मूलसडक गाडीको लाइनले जाम हुने गर्छ । 

‘दुई दिनमा दिल्लीदेखि यहाँसम्म आएँ तर यहाँ दुई किमि पार गर्न पाँच दिन लाग्यो,’ कोतवाली थानादेखि ४ किमि पर सडकमा लाईनमा गाडी रोकि राखेका चालक जिडी शर्माले भने, ‘अन्य वेलामा जस्तै दुई–चार दिनलाई भनेर गाडी साहुले दिएको बाटो खर्च नेपाल नपुग्दै सकिन थाल्यो ।’ उनको जस्तै अवस्था दर्जनौं गाडी मजदुरको छ । असारको टण्टलापुरे घाम र गर्मीमा गाडी लाइनसँगै उनीहरू असिनपसिन छन् । 

कोतवाली थानामा पैसा दिने गाडी आफ्नोभन्दा पछाडि लाइनमा भएर पनि सबैलाई उछिनेर जान पुलिसले दिने गरेको र पैसा नदिनेलाई लाइनभन्दा अलिकता मात्रै सडकतर्फ गाडीको मुख टेढो भएमा पनि पुलिसले लाठीले प्रहार गर्ने गरेको चालकहरूले बताए । उनीहरूका अनुसार, कोतवाली थानामा प्रतिगाडी १ हजारदेखि ४ हजार भारुसम्म गाडी र आयातित सामानको अवस्था हेरेर असुली हुने गरेको छ । 

भारतबाट सहज रूपमा गाडी नआउँदा भन्सार राजस्वलाई असर पारेको भैरहवा भन्सार प्रमुख भुपालराज शाक्यले बताए । उनका अनुसार, पहिला प्रतिदिन सरदर साढे ३ सयदेखि ४ सयको संख्यामा मालबाहक गाडी भारतबाट नेपाल आउने गरेकोमा अहिले साढे २ सयजति मात्रै आउने गरेको छ । सरदर भैरहवा भन्सारमा दैनिक २० करोड रुपैयाँ राजस्व संकलन हुने गरेकोमा गाडी कम आउन थालेपछि दैनिक ३–४ करोड रुपैयाँ राजस्व कम भइरहेको उनले बताए । ‘भारततर्फको यस खालको अवरोधले आयातकर्ता नाका परिवर्तन गर्ने जोखिम बढ्न थालेको छ,’ शाक्यले भने । 

कोतवाली थानादेखि याता नेपालतर्फको सडक प्रायः खाली हुने गर्छ । सहज ढुवानी नदिएर रोक्न थालेपछि थानादेखि दक्षिण भारततर्फ झन्डै ८ किमि परसम्म सडकमा गाडीको लाइन छ । राजस्थानबाट भैरहवाका लागि सामान लिएर आएका भारतीय चालक लल्लुरामले कोतवाली थानाका पुलिसको ज्यादतीविरुद्ध कोही नबोल्ने र मिडियाले समेत सत्य तथ्य प्रकाशमा नल्याउने गरेको गुनासो गरे । सामान आयात गरेको गाडी बाटोमा रोकिँदा प्रतिदिन १ हजारदेखि २ हजार ५ सय भारु आयातकर्ताले गाडीवालालाई विलम्ब शुल्क (डिटेन्सन शुल्क) तिर्नुपर्ने हुन्छ । क्लियरिङ एजेन्ट संघका घिमिरेले नेपाल सामान पठाउने भारतीय ट्रान्सपोर्ट कम्पनीले अब ढुवानी भाडा बढाउन थालेको बताए । उनका अनुसार, भारतीय नाकाबन्दी र मधेस आन्दोलनको बेलादेखि कोतवाली थानाले नेपाल आउने गाडीसँग अवैध असुलीको सुरुआत गरेका हुन् । कहिले अवरोध नगर्ने कहिले मौका छोपेर असुलीका लागि अवरोध गर्ने क्रम चल्दै आएको छ ।

गाडीको लाइन व्यवस्थित गर्ने नाममा सुनौली नजिकको कोतवाली थानाका भारतीय पुलिसले अवैध असुलीका लागि गाडी रोक्न लागेपछि भारततर्फ सडकमा जाम भएका नेपाल आएका मालबाहक गाडीको लाइन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने