अमेरिकाद्वारा थप ११ वस्तुमा भन्सार छुट

काठमाण्डाै । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउनेछ ।

 नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) काउन्सिलको बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने जानकारी दिएका हुन् । नेपाल र अमेरिकाबीच व्यापार र लगानीका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ को अप्रिलमा टिफा भएको थियो ।

अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै अघिल्लो वर्ष विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स) दिने कानुन ल्याएर ६६ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । भन्सार छुटको सो सूचीमा थप ११ वस्तु थपिने बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले जनाएका हुन् ।

 

यससँगै नेपालले ७७ वस्तुमा भन्सार छुट पाउने भएको वाणिज्य मन्त्रालयका सहसचिव रवि सैँजूले बताए । यो सुविधाको उपयोग गर्दै तयारी पोसाक, गलैँचा, पस्मिना र हस्तकलाका उत्पादनको निर्यात उच्चदरमा बढाउन सक्ने उनले बताए । यसअघि अमेरिकामा नेपाली वस्तुको निर्यातमा हाल १७ देखि ३३ प्रतिशतसम्म भन्सार लाग्दै आएको थियो । अब भन्सार छुटसँगै अमेरिकामा नेपालको निर्यात उच्चदरमा बढ्ने सम्भावना छ ।

उत्पादन र गुणस्तरमा सघाउन नेपालको आग्रह

बैठकमा नेपालले शून्य भन्सार सुविधा पाएका वस्तुको उत्पादन र गुणस्तर वृद्धिका लागि अमेरिकी लगानी तथा प्राविधिक सहयोग बढाउन आग्रह गरेको थियो । त्यस्तै, नेपालका अन्य प्रतिस्पर्धी वस्तुलाई पनि आगामी दिनमा सहुलियत पूर्ण बजार सुविधा उपलब्ध गराई नेपालको निर्यात व्यापारलाई प्रवद्र्धन गर्न प्रस्ताव गरेको थियो ।

नेपालले बौद्धिक सम्पत्ति संरक्षण, श्रम, वित्तीय सेवा, प्रत्यक्ष वैदेशिक लगानी, मानव तथा वनस्पति स्वास्थ्य संरक्षण, खाद्य सुरक्षा तथा वस्तुको गुणस्तर प्रमाणीकरणका क्षेत्रमा कार्यान्वयनमा ल्याइएका नयाँ नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै ती क्षेत्रमा नेपालको थप क्षमता विकासका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरिएको सैँजूले बताए ।

प्राविधिक सहयोग गर्न अमेरिका तयार

अमेरिकाले नेपालको व्यापार सहजीकरण तथा उत्पादन वृद्धिमा प्राविधिक सहयोग गर्न तयार रहेको जनाएको छ । बैठकमा अमेरिकी पक्षले नेपालले हालका दिनमा वित्तीय र औद्योगिक क्षेत्रको सबलीकरण, लगानी प्रवद्र्धन, बौद्धिक सम्पत्तिको संरक्षण र व्यापार सहजीकरणका क्षेत्रमा चालेका सुधारात्मक कार्यको प्रशंसा गर्दै ती क्षेत्रमा नेपाललाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका सकारात्मक रहेको जानकारी दिए ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने