‘अपाङ्ताका नाममा एनजिओ÷आईएनजिओले डलरको खेति गरिरहेका छन्’

aammmकाठमाडौं, १४ फागुन । आम नेपाल पार्टीका संयोजक निलकण्ठ पौडेलले अपाङ्ताका नाममा एनजिओ÷आईएनजिओले डलरको खेति गरिरहेकोमा आपत्ति प्रकट गरे।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आम नेपाली पार्टीको बारेमा जानकारी दिँदै आपाङगताका नाममा एनजिओ÷आईएनजिओेहरूले डलरको खेति गरिरहेको आपत्ति जनाएका हुन्।
संयोजक पौडेलले भने,‘यो पार्टी फरक बिचार बोकेर आएको पार्टी हो, यसले जनताका मौलिक समस्याहरू उठान मात्रै गर्दैन्, समस्याको समाधान पनि गर्नेछ, यो पार्टीले जेष्ठ नागरिकको हकहितका विषयमा काम गर्नेछ, आमाबुवालाई नपाल्ने सन्तानलाई कारबाही गर्न हाम्रो पार्टीले कदम चाल्ने छ, अब अपाङ्गता भएका मानिसहरु माँग्ने मात्रै हाईनन्, अरुको चिन्ता पनि गर्छन् भन्ने उदाहरणका साथ यो पार्टीको स्थापना भएको छ।’
त्यस्तै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहराले नेपालमा मौलिक वाद र बिचारको भएका पार्टीले जनताकोबीचमा उचित स्थान नपाएको स्थितिलाई चिर्नको लागि आफ्नो पार्टी र आम नेपाल पार्टी अघि बढ्नेमा जोड दिए।
उनले भने,‘नेपालमा मौलिक बिचार र वाद बोकेको पार्टी हाम्रो नै हो, कुनै पनि काम सानैबाट सूरुहुन्छ, आज सानो पार्टि भनेर कसैले हेप्न पाईदैन, भोलि यहि पार्टी जनताको प्रिय पार्टी बन्न सक्छ, त्यसैले सबैको साथ लिएर अघि बढ्न सक्नुपर्छ।’
व्यवस्थापिका–संसदमा ४० प्रतिशत यूवाको उपस्थितितको माग, कार्यकारी राष्ट्रपति र संवैधानिक प्रधानमन्त्री चुन्न पाउने व्यवस्था हुनुपर्ने, जेष्ठ नागरिकको भलाईको लागि काम गर्ने, राष्ट्रिय अपाङ् आयोग गठन गरि सातै प्रेदशमा तालिम केन्द्र बनाउने, कालोबजारीको अन्त्य गर्ने जस्ता काम गर्नको लागि आम नेपाल पार्टी अघि सरेको दक्षिण एशियाको पहिलो अपाङ्गता मैत्री पार्टी हुने उनीहरुको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक