होसियार, यसरि चोरिन्छ मृगौला

kidneys-anatomyकाठमाडौं (कास) – गोरखा स्थायी घर भई चितवन गीतानगर बस्ने दीपक नेपाली मंसिर अन्तिम साता मुटु दुखेर औधी छटपटाए । छिमेकीको सहयोगमा भरतपुरस्थित पुरानो मेडिकल कलेज पु¥याएर जाँच गराएपछि डाक्टरले भन्नुभयो, ‘बिरामीको शरीरबाट एउटा मृगौला झिकिएको छ ।’ जवाफ सुनेर दीपक र उनका बाबु कुमार झसंग भए । दीपकले त्यसपछि पो पत्ता पाए, तस्करको फन्दामा पुगेर भारत पु¥याइएका उनको मृगौला झिकेर बेचिसकेको रहेछ ।

प्रहरीका अनुसार गत साउनमा चितवनबाट कामको खोजीमा पोखरा पुगेका १९ वर्षिय दीपकको सम्पर्क अमित गुरुङसँग भयो । उनले नै दीपकलाई प्लाई फ्याक्ट्रीमा काम लगाइदिने आश्वासन दिएर काठमाडौं ल्याए । काठमाडौंमा दीपकको भेट भयो, विकास भन्ने बिनुबहादुर तिमेल्सेनासँग । यिनै विकासले दीपकलाई भारत लगे ।

 

photo

NOC1-250x300