April 10, 2020

संसद्को ३६ घण्टा ३० मिनेट

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ५१ बैठक बसेका छन् । दुवै सदनमा १७ विद्येयक दर्ता भए पनि चार विद्येयक मात्रै पारित भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

संघीय संसद्को प्रतिनिधिसभाको सभामुख चयन हुन नसक्दा अधिवेशन सुरु भएको एक महिना बित्दासमेत कामबिहीन भएको थियो । सभामुखको निर्वाचन ढिलो हुनु र निर्धारित बैठक पनि सञ्चालन नहुँदा प्रतिनिधिसभामा जम्मा ६ विद्येयक मात्रै दर्ता भए । जसमा एक गैरसरकारी विद्येयकसमेत रहेको छ । 

४ पुसमा सुरु भएको संघीय संसद्को पाँचौँ अधिवेशन २४ चैतमा अन्त्य भएको थियो । जम्मा १ सय ९ दिन चलेको अधिवेशनमध्ये प्रतिनिधिसभातर्फ ३० दिनमा २४ पटक बैठक बसी जम्मा ३५ घण्टा ३० मिनेट संसदीय काम कारबाहीमा बित्यो ।

सो अवधिमा प्रतिनिधिसभामा ६ विद्येयक दर्ता भए भने राष्ट्रियसभामा ११ विद्येयक दर्ता भए । प्रतिनिधिसभाबाट ८ र राष्ट्रियसभाबाट ९ विद्येयक पारित भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड