संघीयता विरोधी एमाले संविधान संशोधनबाट आत्तियो: गृहमन्त्री निधि

timthumb

पर्वत, १६ माघ । उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

आइतबार पर्वतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले भने, ‘सीमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउने देखेर एमाले अत्तालिएको छ ।’

गृहमन्त्री निधिले संविधान संशोधनमा एमालेले गरेको विरोधलाई राष्ट्रहित विपरित भएको भन्दै जनताले राष्ट्रवादी दल चिन्नेबेला आएको बताए ।

मन्त्री निधिले शहिदको सपना साकार पार्न सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिए ।

 

photo

NOC1-250x300