एजेन्सी – दक्षिणी चीनमा आएको शक्तिशाली सामुन्द्रिक आँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । १ सय ६० किलोमिटर प्रतिघण्टाको बेगमा आएको हाटो नामक आँधी हिजो दिउँसो ग्वाङडुङ प्रान्तको जुहाइ शहरमा प्रवेश गरेको थियो ।
आँधीका कारण मकाउमा आठजनाको र चिनियाँ मुख्य भूभागमा चारजनाको ज्यान गएको हो । १ सय ५३ भन्दा बढी मानिस घाइते भएका छन् । सामुन्द्रिक आँधीले बाढी नै बस्तीमा पसेपछि ठूलो क्षति भएको हो ।
बिजुली आपूर्ति बन्द भएको छ । चिनियाँ सञ्चारमाध्यहरुका अनुसार मुख्य भूभागबाट २७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधी मकाउतर्फ मोडिने क्रममा एउटा पर्खाला भत्किएर थिच्दा एक व्यक्तिको मृत्यु भएको थियो ।
अर्का एक व्यक्तिको घरको ११ औं तलाबाट खसेर मृत्यु भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । अधिकारीहरुले बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै सजग रहन निर्देशन दिएका छन् ।
आँधीसँगै आएको बाढीले ६ सय ६४ हेक्टर खेतीयोग्य जमिन पनि नष्ट गरेको छ ।
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत