१४ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
नेबिसंघ केन्द्रीय कार्यालयमा बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले सरकारी गाडी सन्चालमा रोक लगाउने लगायतका आन्दोलन कार्यक्रमहरु सार्बजनिक गरेका हुन् ।
विद्यार्थीहरुले सार्वजनिक गरेका नयाँ कार्यक्रम अनुसार बैशाख १५ गते शुक्रबार शिक्षा विभाग र देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने रहेको छ ।
यस्तै बैशाख १७ गते शनिबार शिक्षामन्त्री, शिक्षा मन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका सञ्चालकहरु (प्याब्सन र एनप्याव्सनका पदाधिकारी) समेतलाई बहिस्कार गर्ने निर्णय विद्यार्थीहरुले गरेका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत १८ गते आइतबार सरकारी सवारीसधान सञ्चालनमा रोक लगाउने निर्णय संयुक्त विद्यार्थी संगठनहरुले गरेका छन् ।
आफूहरुले दिएको अल्टिमेटममा माग पूरा नभएकाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको नेबिसंघ अध्यक्ष नैनसिंह महरले बताए ।
नियमविपरित चर्को शुल्क वृद्धि गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले बुधबार काठमाडौं उपत्यकाका निजी विद्यालयहरुमा तालाबन्दी गरेका थिए ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड