स्वस्थ खानु महिला र पुरुष दुवैको लागि उत्तिकै आवश्यक छ। महिला र पुरुषलाई फरक फरक डाइट आवश्यक हुनाले केही खानेकुरामा भने ध्यान पुर्याउनु पर्दछ। यहाँ केही त्यस्ता खानेकुराको बारेमा बताइएको छ जुन महिलाले आफ्नो खानामा समावेश गर्न सक्दछन्।
सालमोन
यो जातको माछामा आइरन पर्याप्त पाइन्छ, जुन महिलाको शरिरको लागि निकै महत्वपूर्ण मानिन्छ। यसमा ओमेगा-३ फ्याटी एसिड पनि पाइन्छ जसले महिलाको ‘मुड’मा सकारात्मक परिवर्तन गराउँछ।
क्र्यानबेरी
दशकौंको अध्ययनले क्रयानबेरी फलले स्तन क्यान्सर र मुटु रोगको खतरा कम गर्ने देखिएको छ। साथै पिसाव सम्बन्धि समस्या रोकथामको लागि पनि यो निकै फलदायी मानिन्छ।
पालुङ्गोको साग
भिटामिन र म्याग्नेसियमको स्रोतको रुपमा चिनिने पालुङ्गोको सागले सुन्निने समस्या, स्तन समस्या र तौल बढ्ने समस्या समाधानमा सहयोग पुर्याउँछ।
ओखर
ओखरमा ओमेगा-३ फ्याटी एसिड, एन्टीअक्सिडेन्ट र फाइटोस्टेरोल्स पाइन्छ, जसले स्तन क्यान्सरको सम्भावना न्युन गर्छ। साथै डिप्रेसन र हाडको स्वास्थ्यमा पनि यसले फाइदा गर्छ। साथै यसमा क्याल्सियम, म्याग्नेसियम र फोलिक एसिड पनि पर्याप्त पाइन्छ।
दुध
शरिरमा क्याल्सियमको कमी देखिनु विश्वका अधिकांस महिलामा देखिने समस्या मध्येको एक हो। दुध कुनै पनि उमेर समुहका महिलाको लागि अत्यन्त आवश्यक हुन्छ। दुध क्याल्सियम र भिटामिन डी को निकै राम्रो स्रोत हो।
गोलभेँडा
गोलभेँडामा पाइने लिकोपिन स्वास्थ्यको लागि अत्यन्त फलदायी मानिन्छ। साथै यसले स्तन क्यान्सरको सम्भावना पनि न्युन गराउँछ। साथै यसले मुटु रोगको खतरा समेत कम गराउने अध्ययनले देखाएको छ।
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने