मान्छेको शरिरमा हुने कोठिले पनि उसको भाग्य बताउने ज्योतिष विज्ञानले बताउने गरेको छ । तपाई सबैमा कहिँ न कहिँ कोठि हुन्छ तर ती सबै सुभ हुदैनन् । कतिपयले त आफुलाई सुन्दर देखाउन आफै कृतिम कोठि पनि बनाउछन् । त्यो भन्दा पनि शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा हुने कोठिहरुले कस्तो संकेत गर्छ त ? ज्योतिष विज्ञानको आधारमा निम्न स्थानमा कोठी हुनु भाग्यको प्रतिक मानिन्छ ।
१ . हत्केलाको कोठीः
हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने ।
यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।
२ . नाकमा कोठीः
नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।
३ . चिउँडोमा कोठीः
चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।
४ . पिठ्युँमा कोठीः
जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन् ।
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने