मायासँगको एक रात: कथा

फोनमा मात्र कुरा गरेर मनको प्यास मेटाउन गाह्रो हुँदोरहेछ । आँखामा झल्झल्ती उसैलाई मात्र देख्न थालेको धेरै दिन भइसकेको थियो । अनलाइनमा गफ नगर्ने हाम्रो सम्झौताले सायद घाटा मलाई नै भएको थियो । गफ पनि कसरी गर्नु यार ! उसको बूढाले हाम्रो गफ भएको पत्तो पाएर झण्डै कुटेन ।

dipak-ghimire

‘ओ ए, आज भेटौँ न यार । लास्टै माया लाको छ ।’
‘चुप लाग, अस्ति भेटेको रामेका बाले देखेछन्, साँझ घरमा झण्डै मारेनन्, अब भेट्दिन ।’

पmोनमा उसको आवाज सुन्नासाथ भेट्ने अनुरोध गरेँ । मायाको कुरा गरेसी केटी मख्ख पर्ली अनि सुटुक्क बाँसघारीमा आउली भन्ने कत्रो आशाले अनुरोध गरेको थिएँ तर ‘फ्लप’ भएँ । उसको बूढाले अस्ति बाँसघारीमा इलु–इलु गर्दै जिस्केको देखेको रहेछ ।

‘अलि राति आएस् के, तेरो पोइ सुतेसी । म पर्खेर बस्छु बाँसघारीमा ।’
‘भाक फाल्तु कुरा नगर, बरु एक दिन घोराही जाउँला अनि उतै बसौँला । यता त भेट्ने कुरै नगर ।’

लौ ! अब चाहिँ मन फुरुङ्ग भो, कसम । राति लुकी–लुकी बाँसघारीमा भेट्नुभन्दा खुल्लमखुल्ला घोराही बजारमा भेट्न पाउने भएपछिको खुशी नहोला र है ।

‘कैल हो जाने भनन ? फेरि यो पनि ठगेकी त हैनेस् नि ।’
‘मरिगएस् पापी, कैल ठगेँ तलाई ? आफ्नै पोइलाई झुठ बोलेर तँलाई भेट्न आउँछु तै पनि पत्याउँदैन बाई ।’

‘ल ल भन त कैल हो त्यो दिन आउने ?’
‘तीजभन्दा एक हप्ताअघि, तर गते फिक्स भएको छैन । रामेका बाले काम गरेको पैसा लिन जानु छ । एक हप्ताअघि बोलाको छ, त्यै बेला उतै बसम्ला हुन्न र ?’

मैले तुरुन्त गोजी पात्रो निकाले, सररर तीज कैल छ हेरेँ । भदौको २५ गते, आज १५ गते । औँला भाँचेर हिसाब निकालेँ । जम्मा तीज आउन दस दिन । एक हप्ता अगाडि घोराही जाने भनपछि अबको पाँच दिनभित्रमा हामी घोराहीमा भेट्ने पक्का पक्की भयो ।

सपना आँखामा आउन थाले, निरुको अनुहार सम्झिँदै दिन कटाउन थालेँ । उसको घर र हाम्रो घर मुन्तिर मास्तिर थियो । पानी पँधेरो एकै थियो । हुन त निरु मभन्दा पाँच सात वर्ष जेठी नै थिई क्यारे । तर उसलाई देख्नासाथ म आफूलाई सम्हाल्न सक्दैनथेँ । गाउँ समाजमा म उसलाई भाउजू भन्थेँ । नाता केही थिएन तर गाउँले साइनोमा उसको बूढोलाई दाइ भनेसी ऊ भाउजू परिगई । तर गोप्य फोन अनि फेसबुक च्याटमा स्वास्नीभन्दा माथिको इज्जत दिँदैनथेँ उसलाई । हाम्रो गोप्यमा लभ परेको थियो भन्दा फरक नपर्ला ।

ऊ ज्यादै राम्री थिई, स्वर्गकी अप्सरा जस्ती । उसको पोइको त के कुरा गर्नु र ? नसुहाउँदो अनि नमिल्दो जोडी । त्यसैले पनि ऊ मसँग पल्केकी हुनुपर्छ । उसका पनि रहरहरु थिए होला, पोइको हात समातेर गाउँ सहर हिँड्ने तर के गरोस्, पोई थियो आधा लाटो, आधा बाठो । अनुहार हेर्दा निरुको बाजस्तो । तर यसको प्रत्यक्ष फाइदामा म परेको थिएँ । उसको मन्द मुस्कानमा लठ्ठिने बोकाहरुको कमी थिएन । उसको एक इसारामा दसौं बाइकहरु सडकमा लाइन लाग्न सक्थे । तर उसले गोप्य दिलको राजकुमार मलाई नै बनाएकी थिई, कारण थियो उसको र मेरो सम्बन्धलाई कसैले औंला उठाउन सक्दैनथे ।

‘भाउजु नमस्कार, किन हो एका बिहानै यत्रो सरसफाइ ?’
पँधेरामा नुहाउँदै गरेकी निरुलाई प्रश्न गरेँ, मान्छे धेरै थिए पँधेरामा । लुगा धुने अनि नुहाउने गर्दै गरेकी निरुलाई इज्जतिलो गरी सोधेँ ।
‘दिउँसो घोराही जाने हुँ बाबु, तपाईंको दाइले काम गरेको पैसा माग्न जानु छ । आज बोलाको छ ।’

म बक्क परे, लौ भन्दै नभनी तयारी गरेकी । मलाई अलिअलि रिस पनि उठ्यो । मनमा खुशी पनि लाग्यो । पानी भर्ने पालो मेरै थियो । पानी भरेर छिट्टै घरमा आएँ । सरासर छतमा गएर पँधेरातिर हेरे, ऊ जाँदै थिई, फोन गरेँ ।
‘कोसँग जाने होस् र ? मलाई भन्दै नभनी घोराही जाँदैछेस् ।’
ऊ खित्का छाडेर हाँस्न थाली, उसको हाँसो नै यति मादक थियो कि एकैछिन् त म फिटान भैगएँ । उसको हाँसो रोकिना साथ मतिर हेरी । मैले छतबाट हात हल्लाएँ । उसले कसैले नसुन्ने गरी फोनबाटै सासै सासमा भनी ‘एघार बजे घोराही पुगेस् ।’

त्यति सुन्ना साथ फोन काटेँ । मन चञ्चल त पहिलैदेखि नै थियो । अहिले त हट पनि भयो । वैंशको उन्मातले होला शरीरमा कता–कता काउकुति लाग्न थाल्यो । पसिना छुट्न थाल्यो, मन आत्तिन थाल्यो ।

कोठामा आएँ । ऐनामा अनुहार हेरेँ । ‘ओ माई गड, यस्तो हेन्सम केटो पाएसी निरुले आफ्नो पोइलाई लात हान्ने त भई यार’ मनले यसै भन्यो । मोबाइलमा टाइम हेरेँ, साढे आठ मात्र भएको थियो । मन निरुसँग घोराही पुगिसकेको थियो तर म यहीँ छटपटाउँदै थिए । निरुलाई घोराही बजार घुमाउँदा कुन लुगा लगाउँदा राम्रो होला भनेर लगाउँदै र छोडाउँदै गर्न थालेँ । टाइम पास पनि गर्नुथियो मलाई ।

कपालमा नरिवलको तेल लगाएँ । सारा गाउँ मग–मग बस्नाआउने भयो । हातपाखुरामा लोसन दलेँ, खाप्चोमा फेयर एन लब्ली । जुल्फी लरक्क पारेसी केटो हिरोभन्दा कम थिएन । निरु पनि अप्सराभन्दा कम्ता थिइन । जोडी जम्ने भो घोराही बजारमा ।

मन आत्तिएकाले भोक थिएन, घडीमा दस बज्ने तयारी हुँदै थियो । बहाना गरेर भातै नखाई निस्किएँ । बाटोमा आएर फोन गरे ‘कता हो डियर ?’
‘थुइए, अझ डियर पो भन्छ, म लमही पुग्दै छु । तँ कहाँनिर छस् ?’
‘म पनि लमही पुग्दै छु, तँ घोराही गएर पर्खेस्, तुलसीपुर चोकमा भेटौंला ।’

योजना बनिगो । म अलि ढिला भएछु तर सँगै जान मन थिएन । बाटोमा चिन्ने धेरै हुन्छन् । मेरा कारणले उसको घर बिग्रेको पनि कसरी हेर्नु र है । सँगै जान नपाउनु खुशीकै कुरा थियो मेरा लागि । तर कतिबेला घोराही पुगिएला भन्ने आतुर मनमा छँदैछ ।

‘अनारकली डिस्को चली…।’ यही गाना बज्दै थियो गाडीमा । त्यसै त मन आज हट छ । झन् गाडीमा कहिले मुन्नी बदनाम हुई त कहिले अनारकली डिस्को चली सुन्न पाउँदा कतिबेला घोराही पुगौंला र निरुलाई अँगालोमा कसौंला भन्ने हतारो थियो । गाडी कुदेकै थियो तर योभन्दा छिटो मन कुदेको थियो ।

गाडीबाट ओर्लन नपाउँदै निरुको फोन आयो । उठाउनासाथ उसले भनी ‘काँ आइपुगिस् ? मलाई तुलसीपुर चोकमा पर्खेस्, म एकै छिन काम सकेर त्यतै आउँछु ।’

मैले हुन्छ मात्र भनेर फोन काटे, कन्डक्टरलाई भाडा तिरेर भौतारिन थालेँ घोराही बजारमा ।
झनक्क रिस उठ्दै थियो, एक घण्टासम्म पनि उसले फोन गरिन । ठगी मोरीले, मूर्ख बनाई भनेर सोच्दै थिएँ । भाग्यको कुरा उसको फोन आयो ‘काँ छस, म सिटी गार्डेन रेस्टुरेण्टको नजिकै छु, छिट्टै आइहाल ।’

म मुटुको धड्कन फुलाउँदै दौडिएँ, सिटी गार्डेनतिर । हातमा रातो ब्याग बोकेकी, गुलाबी रङको सुरुवाल कुर्ता लगाएकी, रातो लिपिस्टिक लगाएर होटलको छेवैमा उभिएकी निरुलाई देखंँ । मन खुशीले हावामा फुरुरुरु उड्न थाल्यो । नजिकै गएँ । कति मीठो सेन्ट छरेकी, मग–मग बसाकी थिई, अगरबत्ती जस्तो ।

‘हिँड भित्र, आज यतै बस्ने हो ।’
‘भो राति त बस्ने हैन । दिन भर बसम । तर राति नबसम् । घर जाने हो नत्र रामेका बाले मार्छन् ।’

‘पैला भित्र त हिँड, उतै गएर योजना बनाउँला ।’
म अघिअघि होटलतिर लम्के, मेरो पछिपछि निरु । उसको हिँडाइ नै यति मादक थियो कि म नसामा लठ्ठै थिएँ ।

‘प्लिज आज यतै बसांै न के । घरमा केही बहाना मिला न यार !’ कुर्चीमा बस्दै गर्दा रात बिताउने आग्रह गरेँ । ए हामी मात्र, मीठो मुस्कानसहित ।
‘मान्छे भेटिएको छैन भन्, अलिपछि गाडी पाइएन भन्लिस् । तर आज घर जाने कुरा नगर ।’

मैले बारम्बार आग्रह गरेपछि फोन निकाली, घरमा बहाना बनाई । ‘पैसा दिनेवाला भेटिएको छैन, सायद आज आउँदैन । यतै फुपूको घरमा बस्छु, घर राम्रोसँग हेर्नु होला बूढा ।’
अरे बाफरे, म कति भाग्यमानी । निरुसँग रात बिताउने सपना साकार हुँदैछ । कटेजमा बसेर चिसो खान मन नै मानेन, लागे होटलकै रुमतिर । चिसो खान मन नै लागेन, मगाए दुई बोतल वियर अनि दुई गिलास । अनि शुरु भयो हाम्रो मायाको पहिलो रात त्यो पनि रात नपर्दै ।
चियर्स !

 

photo

NOC1-250x300