माइत गएकी श्रीमतीलाई पत्र

wife-hus

प्रिय श्रीमती,
समग्रमा यत्ति सोध्छु– तिमी कहिले आउने ? चाँडो आऊ । यो खालीपना र तिम्रो जिम्मेबारीको कार्यबाहक कामले अति पिल्सिएको छु । मायाको त कुरै छाडौं, बल्ल थाहा हुँदैछ तिमिसँगको अल्पविरामको अर्थ ।तिमीसँगको सम्बन्ध भावनात्मक, यौनिक संवेगात्मक मात्र नहुँदो रहेछ । भौतिक सम्बन्धको परिधिले अझ प्रगाढ बनाएको अनुभव गरिरहेको छु ।तिमि चार कोस पर, तिम्रो माइति र मेरो ससुराली पुगेकी छौं । केही दिन भयो । तर, मलाई यो समय नै एउटा युगजस्तो लागिरहेको छ । प्रेमको अभाव त छँदै छ, तिम्रो अनुपस्थितिको प्रभाव अझ बढि छ ।

तिजसँगको अनौठो सम्बन्ध आमादेखि नै चलि आएको छ । बाबाका साथमा काटेको त्यो ५ दिन घरमा हामीले गरेको रोइलोमा आमाको ममता भन्दा पनि बाबुको कौशलतामा भएको कमीप्रति व्यङ्ग्य गथ्र्यौं, अहिले तिम्रो अनुपपस्थितिमा छोराछोरीले ‘करकर’ गरेको सुन्दा विगतमा बाबुले खेपेको अनुभव मनमा पुनर्ताजगी भएर आउँछ ।

जीवनको सहयात्रा हामीले जहाँबाट सुरू गरेका छौं त्यसको अन्त्य अनन्त छ । तर, यात्राका क्रममा आउने विविध खालीपनाभित्र आफूलाई अभ्यस्त बनाउन नसक्दा दैनिकी सन्तुलनमा रहँदैन । तिमी रिसाएको, झर्किएको, म विशेष अभिरूचीका साथ पढिरहेको कथाका पात्रहरूको अनयासै हत्या गर्दै भौतिकवादी चिन्तनमा अभ्यस्त बनाएको समय निक्कै अनमोल रत्न रहेछ भन्ने तिम्रो गैरउपस्थितिमा अनुभूत हुन्छ । यसबेला तिम्रो महत्वको महशुस हुने गर्छ । तिम्रो उपस्थितिमा जति फरक मौकाहरूको खोजी हुन्छ, तिम्रो अनुपस्थितिमा त्यस्ता कुटिल मौकाहरूबारे सोच नआउनु नै तिमिप्रति मेरो अगाध प्रेमको प्रमाण रहेको ठम्याइ हुन्छ ।

खाना पकाएर जब छोराछोरीलाई पस्किन्छु अनि उनीहरूले ‘छि! यस्तो पनि खाना हुन्छ ?’ भनेर गरेको अवोध प्रश्नमा तिम्रो ममताको आयतनको बुझाई हुन्छ । जब–जब खाटमा तन्ना तन्काएर विछ्यौना मिलाउँदा कुनामा परेको पोको हेर्छु अनि तिम्रो सीपको क्षेत्रफलबारे सोच्ने गर्छु ।

 

 

म मुलुक परिवर्तनको शिलशिलामा अबको भविष्यको बारेमा सोचीरहेका बेला तिमीले ‘चिनि सकिएको छ, नुन छैन, पानी खत्तम भयो किन नल्याएको ? कहिले ल्याउने ?’ भनि चिच्याउँदाको समयको मिठास अलग हुने रहेछ । आखिर जीन्दगी त त्यहि त रहेछ नि ! मध्यरातमा घर छिर्दा तिम्रो घुर्कीको रिस, त्यो रिसलाई निमिट्यान्न पार्नका लागि मैले देखाएका आशा र सपनाहरूको पुञ्जमा तिम्रो मुस्कान कहिलेकाहीँ सपनामा आउँछ नि, त्यसबेला तिम्रो उपस्थितिको असली खुसीको पहिचान हुँदो रहेछ ।

सायद विगत कयौं वर्षका तिजहरूमा तिमिले व्रत बसेका कारणले तिमिले मलाई पाएको होइन, मन्दिरमा नझुकेपनि मनभित्र पापहरू नखेलाएका कारणले तिमिलाई मैले पाएको हुँ । यो व्रतको औचित्य विश्वासमा छ, आस्थामा छ । भगवान् एउटा आत्मविश्वास भएका कारणले तिम्रो आत्मविश्वास बलियो बनाउने आधारलाई तोडिदेऊ म भन्दिन । तर, यो आत्मविश्वास भौतिकरूपमा ढल्नेगरी नै नजगाऊ मेरो तिमिलाई सुझावसहितको आग्रह हो ।
यी अस्रेल्ल सामानहरू, रातको सन्नाटा र शुन्यसँग जब नजिक हुन्छु तिम्रो एक निमेषको खालीपनाले पनि मलाई बारम्बार झकझक्याउने गर्छ । अत्यन्तै व्यस्त बनाउने इन्टरनेट र टेलिभिजनमा म अभ्यस्त हुन सक्तिन । तिमि नहुँदा त पिउन पनि मन लाग्दैन  । तिमी हिँडेको समयदेखि मेरो स्वास्थ्यमा अनुकुलताचाहीँ छैन । घरिघरि तिम्रो फोन संवादले तिम्रो मुस्कान कायम रहेको सन्दर्भले पनि निक्कै खुसी बनाउँछ ।

खाना पकाएर जब छोराछोरीलाई पस्किन्छु अनि उनीहरूले ‘छि! यस्तो पनि खाना हुन्छ ?’ भनेर गरेको अवोध प्रश्नमा तिम्रो ममताको आयतनको बुझाई हुन्छ । जब–जब खाटमा तन्ना तन्काएर विछ्यौना मिलाउँदा कुनामा परेको पोको हेर्छु अनि तिम्रो सीपको क्षेत्रफलबारे सोच्ने गर्छु । धारामा पानी थाप्न जाँदा मानिसहरूको लाममा निक्कै एक घन्टा उभिएर एक बाल्टि पानी भान्छामा छिराउँदै गर्दा तिम्रो धैर्यताको अटुट बाँधको विशेषतालाई स्मरण गर्छु ।
अतः तिमीलाई यो पत्रसँगै अथाशिघ्र हाम्रो अल्पविराम यात्राको निरन्तरा दिनका लागि भन्दछु ।

 

photo

NOC1-250x300