‘मतदाता परिचयपत्र छपाइमा ढिलाइ’

election-Commision-320x250
काठमाडौं , १४ चैत । स्थानीय चुनावको निम्ति मतदाता नामावली संकलन अझै पूरा नभएकाले अहिलेसम्म पनि मतदाता परिचयपत्र छपाई शुरु हुन नसकेको निर्वाचन आयोगले जनाएको छ।हालसम्म ६६ जिल्लाबाट मात्रै मतदाता नामावली प्राप्त भएको र बाँकी जिल्लाको विवरण २० गतेसम्ममा आउने आयोगको अपेक्षा छ।

चुनावको मिति करिब डेढ महिना मात्र बाँकी रहँदा परिचय पत्र मतदाताको हातहातमा पुर्याउन चुनौतिपूर्ण हुनसक्ने बताइएको छ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि अत्यावश्यक मतदाता परिचयपत्र छपाइका निम्ति ओम्नि ग्रुप नामक कम्पनीलाई जिम्मा दिइसकेको जनाएको छ।

प्रत्येक मतदाता परिचयपत्र छपाइका निम्ति करिब १० रुपैया पर्ने गरि सम्झौता गरिए पनि कहिलेदेखि छपाइ गर्ने भन्नेबारे हालसम्म टुंगो नलागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो। “अन्तिम मतदाता नामावली तयार भएपछि मात्र उसले छाप्न सक्छ। २० गतेसम्म त्यो तयार पार्ने योजनामा हामी छौं,” उहाँले बताउनुभयो।

हालसम्म विभिन्न जिल्लाबाट प्राप्त मतदाता नामावली सम्बन्धी विवरण अध्यावधिक गर्ने काम भैरहेको आयोगको भनाइ छ।
ती विवरण निर्वाचन आयोगका कम्युटर ईन्जिनियरहरुको प्रत्यक्ष नियन्त्रणमा हुने र आयोगकै निगरानीमा मतदाता परिचयपत्रको छपाइको कार्य हुने आयोगले बताएको छ।

मतदान अधिकृत स्थानीय तहमा खटाइनु अगावै मतदाताको परिचयपत्र सुरक्षित तवरले हातहातै पुर्याउने आयोगको तयारी छ।
तर घर्किंदै गएको समयका कारण त्यो कार्य निकै कठिन हुने जानकारहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

सुकुम्बासीहरुलाई तत्काल नहटाउन राष्ट्रिय भुमी आयोगको आग्रह

१६ मंसिर,काठमाडौं । राष्ट्रिय भुमी आयोगले राजधानी काठमाडौंलगायतका ठाउँहरुमा रहेका सुकुम्बासीहरुलाई अहिले नहटाउन आग्रह गरेको

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

आगामी पांच वर्षभित्रमा श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने नेता बिष्णु रिमालको उदघोष

१२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक बिष्णु रिमालले

समानुपातिकतर्फ माओवादी केन्द्रलाई घण्टिले जित्यो,९० लाख मत गन्दा एमालेको अग्रता कायमै

११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को

गठबन्धनले कब्जा गरेको दोलखाको १० वटा मतदान केन्द्रमा पुन : मतदान गर्ने आयोगको निर्णय

११ मंसिर,काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रहरुमा मंसिर १५ गतेभित्र पुनःमतदान गर्ने