रुपन्देही– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनका बेला विशेष सुरक्षा सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाँच नम्बर प्रदेशको सुरक्षा गोष्ठिलाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।
निर्वाचनका बेला कुनै राजनीतिक दलप्रति आग्रह पूर्वाग्रह नराख्न निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘जिल्लाका राजनीतिक दलहरुसँग निरन्तर छलफल र सम्पर्कमा रहनु होला । सँगसँगै बर्दिभित्र राजनीतिक बिचार हुनुहुँदैन भन्ने पनि ख्याल गर्नुहोला ।’
जनताले ढुक्क भएर मताधिकार प्रयोग गर्न पाउनुपर्ने भन्दै मन्त्री शर्माले चुनाव शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउन पनि निर्देशन दिए । कपिलवस्तुको वाणगंगा, बाजुरा, संखुवासभा र बाँकेको नेपालगञ्जमा आईतबार भएका घटनाप्रति दुःख व्यक्त गर्दै उनले ति जिल्लाहरुमा आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकेको जानकारी दिए । सरकारले नागरिकले ढुक्कसँग भोट हाल्न पाउने गरी सुरक्षा रणनीति बनाएको भन्दै उनले मतदातालाई कुनै पनि सुरक्षा चुनौती नरहने स्पष्ट पारे ।
कसैमाथि कारबाही गर्दा त्यसले पार्ने दीर्घकालीन असरलाई पनि ध्यान दिन निर्देशन दिँदै मन्त्री शर्माले भने, ’चुनावमा अप्रिय घटना सकेसम्म हुँदै नहोस् । तर, बल प्रयोग गर्नैपर्ने अवस्था आयो भने पछि नहट्नुहोस् ।’
सरकार र राजपाका नेताहरुबीच भएको छलफलपछि प्रदेश नम्बर २ को निर्बाचन सारिएको मन्त्री शर्माले जानकारी दिए । २ नम्बर प्रदेशमा सुरक्षा चुनौति नरहे पनि द्वन्द्वलाई दीर्घकालीन रुपमा अन्त्य गर्ने उद्देश्यले चुनाव सारिएको जानकारी मन्त्री शर्माले दिए ।
सुरक्षा गोष्ठीमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिर शाहका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी थिए । बुटवलको कार्यक्रम सकेर मन्त्री शर्मा सोमबारै नेपालगञ्ज पुगेका छन् ।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै
व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी