April 16, 2020

प्रहरीले छापा मार्यो बिरगंजका मस्जिदमा,लुकेर बस्ने २६ जना भारतीय धर्मगुरु सहित पक्राउ

 

काठमाडौं। प्रदेश २ को वीरगन्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भए लगत्तै पर्सा प्रहरीले वीरगञ्जमाको छपकैया र घुसकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई पक्राउ गरेको छ।

पर्सा प्रहरी कार्यालय स्रोतका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको हो। प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो।

उनीहरु मध्ये १९ जना भारतीय जमाती र वीरगञ्जका ३ जना नेपाली मुस्लिम धर्मगुरु र ४ जना भारतबाट पाहुना आई मस्जिदमा रहेका बेला उनीहरुलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले मस्जिदमा छापा मार्दा केही व्यक्तिहरु फेला परेको बताइन्। ‘त्यहाँ शंकास्पद व्यक्तिहरु थाह पाएर प्रहरीले छापा मारेको थियो त्यहाँ रहेका धर्म गुरुहरुलाई पनि हामीले क्वारेन्टाइमा राखेका छौं’, उनले भनिन्।

स्रोतका अनुसार प्रहरी टोलीले छपकैया टोलको मस्जिदबाट ११ जना र घुसुकपुर टोलमा रहेको मस्जिदबाट १५ जना गरि २६ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेका मध्ये १९ मुस्लिम जमातीहरु, भारतको दिल्ली र सो आसपास क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भई नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ। पर्साको ग्रामीण भेगमा रहेका मदर्शा र मस्जिदमा लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दिल्लीको मरगज निजामुद्दिन दरगाहमा आयोजित तीनदिने आन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भई पर्सामा छिरेका थिए। गाउँको मस्जिदमा ४/५ दिनदेखि बसेको सूचना गाउँलेले प्रहरीलाई दिएका थिए।

प्रहरीले अहिले वीरगन्जका सबै मस्जिद सिल गरेको छ। यसअघि पर्साकै जगरनाथपुर गाउँपालिका–४ स्थित मस्जिदमा लुकेर बसेका १५ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइमा राखेको थियो।

तर ती सबै नेपाली नागरिक भएको पुष्टि भएको थियो। भारतको दिल्लीस्थित एक धार्मिक सभामा भेला भएका केही मुस्लिम नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालबाट उता गएको आशंकामा केही नेपाल छिरेका मुस्लिम नागरिकलाई पनि चैत २० गते पक्राउ गरी क्वारेन्टाइनमा राखिएको थियो।

उनीहरु सबै बारा, रौतहटका भएको खुलेको थियो। उनीहरू पनि भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने अन्तर्राष्ट्रिय तबलगीमा सहभागी भई पर्सा आएका थिए। पर्साको कन्चनपुरको मदर्शा र जगरनाथपुरको मस्जिदमा रहेका तीन जनामा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड