प्रचण्ड चितवनबाट चुनाव लड्ने !

फाइल फोटो

भरतपुर, २३ भदौ । पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अागामी निर्वाचनमा अाफू चितवनबाट चुनाव लड्ने बताएका छन् ।प्रेस सेन्टरले भरतपुरमा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष प्रचण्डले भने, ‘वीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएकाे छ ।’ चितवन देशकाे एउटा विशिष्ट जिल्ला रहेको भन्दै उनले भने, ‘यसकाे राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ, त्यसैले म चितवनबाट चुनाव लड्दैछु ।’चितवनलाई देशकै उत्कृष्ट शहर बनाउने उद्घोष गर्दै उनले भने, ‘म समग्र देशकाे अनुभव लिएर चितवन अाउँदैछु, समग्र चितवनलाई उत्कृष्ट शहर बनाउन सकिन्छ ।’

‘यसकाे दीर्घकालीन विकासकाे गुरुयाेजना बनाउँदैछु,’ उनले भने, ‘भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनुपर्छ ।’ उनले चितवनलाई विश्वकै उत्कृष्ट शहर बनाउन चीनियाँहरुसँग पनि कुरा गरेकाे जानकारी दिए ।उनले भने, ‘छिटै यसकाे गुरुयाेजना बन्छ । चितवन देशकै राजनीतिक र अार्थिक गतिविधिकाे केन्द्र हाे, यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ ।’ उनले नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिकाे अाधुनिकिकरण, प्राविधिक शिक्षाकाे गुणात्मक विकास, रिङ राेड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेकाे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को