काठमाडौं, २ बैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पू्र्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पञ्चायत ब्युँताउने काममा लागेको आरोप लगाएका छन् ।
शनिबार दलीय चुनाव चिन्हका लागि संघर्षरत नयाँ शक्तिसहितका ६८ दलको अनशन कार्यक्रमको उद्घाटन गर्दै संयोजक भट्टराईले भने, ‘प्रचण्डको नेतृत्वमा बनेको सरकारले प व्यवस्थाबाट खोसेर ल्याएको अधिकार फेरि खोसेर नयाँ ढंगले पंचायत ब्युँताउने कामको नेतृत्व अहिले प्रचण्डले गरिराखेका छन् । यो हाम्रो लागि दुख र लज्जाको विषय छ । त्यसैले हामीले शुरु गरेको संघर्ष सामन्य छैन ।’ उनले दलहरुहरुलाई चुनाव चिन्ह नदिनु संविधान विपरित भएको बताए ।
डा. भट्टराईले हिजोको सहयात्री साथीहरु सत्तामा पुगेका कै बेलामा बहुदलीय प्रजातन्त्र खोस्ने र निर्वाचनमा चुनाव चिन्हसहित जाने संविधानले दिएको अधिकार खोस्ने दुस्साहस गरेको गुनासो गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसद्मा भएका दलहरुले मात्र निर्वाचनमा भाग लिन पाउने कुनै आधार नरहेको भन्दै सबै दलहरुलाई नसमेटि निर्वाचन गर्न खोज्नु मुर्खतापूर्ण भएको बताए ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद