२३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महाअभियोग, सर्वोच्चको अन्तरिम आदेश लगायतका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
भेटमा एमाले अध्यक्ष ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका छन् । ‘हाम्रो अध्यक्षले बडो बुझ्ने भाषामा विन्रमतापूर्वक महाअभियोग फिर्ता लिन आग्रह गर्नु भएको छ’ भेटमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले भने ।
प्रचण्डलाई सल्लाहकारहरुले गलत सल्लाह दिएको भन्दै ओलीले त्यसमा नफस्न आग्रह गरेका छन् । सत्तारुढ दलहरुबाटै संविधानको धारा १०३ अनुसार न्यायाधीशलाई कारबाही गर्ने चर्चा आएको भन्दै ओलीले प्रचण्डलाई भनेका छन्, ‘त्यतातिर जाने गल्ती नगर्नु होला । नभए फस्दै जानुहुन्छ ।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने आफू सबैसँग छलफलमा रहेको बताएका छन्
काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको