चितवन : पुत्र वियोगकाबीच चितवनको भरतपुरमा आयोजित चुनावी आम सभामा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा लाखौँको जनलहर देखिएको छ ।चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ अन्तर्गत केन्द्रीय बस टर्मिनल चौरमा ५० हजार भन्दा धेरै सर्वसाधरण सहभागी बनेका छन् ।कार्यक्रममा सहभागी त्यहाँ स्थित दियोपोस्टका संवाददाता खेम बहादुर दर्जीका अनुसार कांग्रेस र राप्रपाका कार्यकर्ता समेत कार्यक्रममा सहभागी छन् । ‘यो चौरको क्षमता ५० हजारको संख्यामा मानिस अट्ने रहेको छ,’ उनले भने,‘यौ चौरमा भरिएर पनि मानिसहरु बाहिर बसिरहेका छन् ।’भरतपुरको वडा नम्बर ९ बाट मात्रै ९ वटा बस र अटोरिक्सामा जनता सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवार सहित चितवन पुगेका थिए । कार्यक्रमलाई उनले सम्बोधन भने नगर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली, माधव नेपाल र सुरेन्द्र पाण्डेले सम्बोधन गर्नेछन् । त्यस्तै माओवादी केन्द्रका नेता राम बहादुर थापा बादलले पनि कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।कार्यक्रमको शुरुवातमा शिर्ष नेताहरुले प्रकाश दाहालको तस्विरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा