नयाँ दिल्लीस् भारतको राजधानी नयाँ दिल्ली अर्की नेपाली महिला यौन हिंसाको शिकार भएकी छन् ।
नेपालीकी नाम, ठेगाना खुल्न नसकेकी ती महिलालाई दिल्लीको पाण्डव नगर इलाकामा सामूहिक बलात्कार गरिएको हो । यो घटनामा कल सेन्टरमा काम गर्ने पाँचजना पक्राउ परेका छन् ।
पुलिसका अधिकारीले घटनाको पुष्टि गर्दै यो अपराधमा जोडिएका सबै पाँचैजना गिरफ्तार भइसकेको पुष्टि गरेका छन् ।
मेडिकल जाँचका क्रममा महिलामाथि बलात्कार भएको पुष्टि भएको छ। समाचार अनुसार पाण्डव नगरको एक फ्ल्याटमा महिलालाई जबरजस्ती मादक पदार्थ पिलाएर पाँचजनाले पटक पटक बलात्कार गरेपछि घरैमा थुनेर भागेका थिए ।
बलात्कारपछि ती महिलाले घरको पहिलो तलबाट हामफालेकी थिइन् । त्यसक्रममा उनको एउटा खुट्टो भाँच्चिएको छ ।
हामफालेपछि नजिकै रहेका मानिसले उनी चिच्याइरहेको आवाज सुनेका थिए । त्यसपछि उनले ती मानिसलाई आफूमाथिको आपत् सुनाएपछि ती मध्ये एकले पुलिसलाई बोलाएका थिए ।
महिलाको उजुरीका आधारमा अभियुक्तमाथि सामूहिक बलात्कार, गैर कानुनीरुपमा बन्धक बनाएको र र अप्राकृतिक यौन सम्बन्ध बनाएको आरोप लगाएर मुद्दा दर्ता गरिएको छ।
बलात्कारको शिकार भएकी ती नेपाली महिला दक्षिण दिल्लीको मुनिरकामा आफ्ना दुई छोराछोरीसँग बस्दै आएकी थिइन् । अभियुक्तमध्ये एकसँग उनको पहिलेबाटै परिचय रहेको अनुसन्धानबाट खुलेको छ। कारोबार बाट
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्