काठमाण्डौ | नेपाली कांग्रेस अन्ततः फुट्ने भएको छ । पार्टीलाई मनपरी ढंगले चलाइएको र आफ्नो भूमिकालाई निकै कमजोर बनाइएको भन्दै पार्टीका जिम्मेवार नेताहरुको अगुवाईमा नयाँ पार्टी खोल्न लागिएको खबर प्राप्त भएको छ । पार्टीका नेताहरुको गोप्य बैठकमा यस्तो निर्णय भएको हो । नेतृत्वले मनपरी ढंगले पार्टी चलाएको, पार्टीभित्रका जिम्मेवार व्यक्तिहरुलाई पनि वास्ता नगरिएको, विपीका पाठहरु भुलेर नेपाली कांग्रेसको साखमाथि धक्कापर्ने कार्यहरु नेतृत्वबाटै भएको लगायतका आरोप लगाउंदै नयाँ पार्टी खोल्न लागिएको स्रोतको दावी छ |
नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीमा नेपाली कांग्रेसबाट मन्त्री भैसकेका ३० बढी नेताहरु जाने स्रोतको दावी छ । ‘पूर्व मन्त्रीहरु थुप्रै हुनुहुन्छ । अहिलेका संसदहरु पनि हुनुहुन्छ । अहिलेको पार्टी फुटीसकेपछी नयाँ पार्टी अहिलेको भन्दा झन् बलियो हुनेछ ।’ हालका संसदसमेत रहेका एक कांग्रेस नेताले भने । उनका अनुसार अव बन्ने पार्टी खास अर्थको कांग्रेस पार्टी हुनेछ । ‘अहिलेको समग्र नेपाली कांग्रेसलाइ जनताले हेर्ने दृष्टिकोण फरक हुन थालेको छ । विपीको साख जोगाउन भएपनि हामीले नयाँ पार्टी खोल्ने पर्छ। ‘ उनले भने ।
स्रोतका अनुसार नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीको नाम नेपाली कांग्रेस(वीपी) विपी हुनेछ । निर्वाचन आयोगमा दर्ता भएको नेपाली कांग्रेस(राष्ट्रवादी)को नाम संसोधन गरेर नेपाली कांग्रेस (वीपी) राख्ने आन्तरिक छलफल भएको छ । अवको केहिदिनमा हाम्रो पार्टी निर्वाचन आयोगमा समेत दर्ता हुनेछ । त्यसपछी लगत्तै हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिनेछौं । हाम्रो समूह अहिले गोप्य राखौं । सम्पूर्ण प्रकिर्या सकिसकेपछि हामी पत्रकार सम्मेलन गरेर सबै कुरा जानाकारी गराउनेछौं ।’ आफ्नो नाम नखुलाउन आग्रह गर्दै एक नेताले भने ।
प्राप्त जानकारी अनुसार नयाँ पार्टी खोल्ने सम्बन्धमा कांग्रेका जिम्मेवार नेताहरु बिगत एक महिनादेखि गोप्य बैठकमा थिए । ‘हामीले हाम्रो आन्तरिक बैठकबाट काठमाण्डौ र अवता १८ वटा जिल्लामा जिल्ला कार्यसमिति पनि तयार गरेका छौं । दर्ता लगत्तै हामी सबै जिल्लामा पार्टीलाई बिस्तार गर्नेछौं ।’ एक नेताले भने ।
स्रोतका अनुसार नयाँ पार्टीको झण्डा अहिलेको कांग्रेसकै जस्तो हुनेछ । ‘केहि फरक लुक्स त दिनेछौं नै । तर अहिलेको पार्टीको जस्तै झण्डा बनाउने निर्णय भएको छ ।’ स्रोत अगाडी भन्छ, ‘ हामीले पार्टीको चुनाव चिन्ह भने परेवा राख्ने निर्णय गरेका छौं । हेरौं अव निर्वाचन आयोगको निर्णय कस्तो हुन्छ ? सबैलाई समेटेर अगाडी बढ्ने प्रयासमा छौं हामी । सबै भन्नाले साँचो अर्थमा कांग्रेसहरु । अहिलेको नेतृतको मनपरीबाट आजित भएकाहरुले हामीलाई समर्थन गर्नुहुनेछ भन्ने हामी विश्वस्त छौं
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री