नेपालले केन्यालाई हराउँदा यस्तो देखियो क्रिकेट मैदानमा उमङ्ग [फोटोफिचर]

cfOl;;L ljZj lnu lqms]6 RoflDkog;LkcGtu{t] g]kfn / s]GofaLrsf] ;f]daf/ ePsf bf];|f] v]ndf sLlt{k'/l:yt lqlj lqms]6 d}bfgdf pkl:yt bz{sx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ३० फागुन – आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल  बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा ग¥यो ।

सुनिल धमला एक तथा सागर पुन ५ रनमा आउट भएपछि नेपाली पारी धरमराएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो साझेदारी भएपछि नेपालले केन्या विरुद्ध सहज जित हात पारेको हो । दुवै खेलाडीबीच एक सय ११ रनको साझेदारी भएको थियो ।

नेपालले तीन दशमलव चार ओभरमा दुई विकेटको क्षतिमा मात्र १४ रन बनाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन १७ वर्षीय युवा खेलाडी दीपेन्द्रसिंह ऐरी मैदानमा आएका थिए । उनले विष्फोटक व्याटिङ गर्दै ६६ बलमा ६२ रन बनाए । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत

केन्या विरुद्धको शनिबार पहिलो खेलमा डेब्यु गरेका ऐरीले दोस्रो खेलमा एक छक्का तथा आठ चौका हान्दै उत्कृष्ट खेल प्रदर्शन गरे ।

cfOl;;L ljZj lnu lqms]6 RoflDkog;LkcGtu{t] g]kfn / s]GofaLrsf] ;f]daf/ ePsf bf];|f] v]ndf sLlt{k'/l:yt lqlj lqms]6 d}bfgdf pkl:yt bz{sx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

यस्तै कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले अविजित ६४ रनको योगदान दिए । यस क्रममा उनले एक छक्का तथा आठ चौका प्रहार गरे । यस्तै ऐरी आउट भएपछि खेल्न आएका शरद भेषवाकरले ३० दशमलव दुई ओभरको स्थितिमा छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा एक छक्का र चार चौकासहित अविजित २४ रन बनाए ।

cfOl;;L ljZj lnu lqms]6 RoflDkog;LkcGtu{t] g]kfn / s]GofaLrsf] ;f]daf/ ePsf bf];|f] v]ndf sLlt{k'/l:yt lqlj lqms]6 d}bfgdf pkl:yt bz{sx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

बलिङतर्फ केन्याका इ ओटिनोले दुई तथा कोलिन्स ओबुयाले एक विकेट लिए ।यस अघि टस हारेर व्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे ।  कप्तान आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ रन बनाए ।

cfOl;;L ljZj lnu lqms]6 RoflDkog;LkcGtu{t g]kfn / s]GofaLrsf] bf];|f] v]ndf ;f]daf/ s]Gof;Fu ljhokl5 clejfbg ub}{ g]kfnL /fli6«o lqms]6 6f]nL . tl:a/M /f]zg ;fksf]6f, /f;;

केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेषवाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे । यस्तै मेहबुब आलम र वसन्त रेग्मीले दुई÷दुई विकेट लिए । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । सागर पुन र सन्दीप लामिछानेले एक÷एक विकेट लिए ।

शनिबार पहिलो खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको थियो । केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटाँै तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता