May 26, 2017

नयाँ शक्तिले अपेक्षित परिणाम ल्याउन नसक्नुका कारण

 

 आलोचकको पछि दगुर्ने कि तथ्यमा टेक्ने ?

 
 काठमाडौं । पहिलो स्थानीय तह निर्वाचनमा जनताबीच परिक्षण हुन पुगेको नयाँ शक्ति पार्टी, नेपालको परिणामलाई अनेक कोणहरुबाट व्याख्या विश्लेषण भइरहेका छन् । अन्य पार्टीको तुलनामा भर्खरै खुलेको नयाँ शक्तिले १ स्थानमा विजय र धेरै स्थानमा सम्मानजनक उपस्थिति बनाउनु आफैंमा नयाँ र सुन्दर प्रयोग थियो । तर, यसलाई सकारात्मक रुपमा व्याख्या÷विश्लेषण गर्ने भन्दा पनि नकारात्मक रुपमा व्याख्या तथा विश्लेषण गर्ने होडबाजी भइरहेको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भर्खरै जन्मिएको नयाँ शक्ति पार्टी र अन्य बूढा राजनीतिक दलहरुले बरोबर भारी बोक्न नसकेको अशोभनीय विश्लेषण अप्ठ्यारो नमानी भइरहेका छन् । आखिर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति जनताबाट अस्वीकृत नै भएको हो त ? हामीले यो आलेखमा यसबारे चर्चा गर्न खोजेका छौं ।

१‍‍‍‌  चेतनास्तर
फ्रान्स र छिमेकी भारतमा पुराना पार्टीलाई विस्थापित गर्दै नयाँ शक्ति जन्मिएका छन् । नेपालमा पनि त्यही गति र रफ्तारम नयाँ शक्ति जन्मिने कतिपयको आँकलन थियो । र, बाबुराम भट्टराईले त्यस्तो शक्ति जन्माउने विश्वास गरिएको थियो । तर, भट्टराईको नयाँ शक्तिप्रति गरिएको अपेक्षा पहिलो चरणको निर्वाचनले पूरा गर्न सकेन ।

पहिलो चरणमा नयाँ शक्तिले त्यस्तो अपेक्षा पूरा गर्न सक्ने ल्याकत छँदै थिएन । र, सकेन । यसको मतलब नयाँ शक्तिले त्यो अपेक्षा पूरा गर्ने ल्याकत गुमायो भन्ने हुन सक्दैन ।

वास्तवमा यो अपेक्षा आफैंमा सुन्दर भए पनि शीघ्र नयाँ शक्तिको अपेक्षा गर्नु नै कमजोरी थियो । नेपाल जस्तो अशिक्षित र अविकसित देशका नागरिकबाट फ्रान्स र नयाँ दिल्लीका मतदातामा जस्तो सचेतना र विवेकको प्रयोग खोज्नु नै हाम्रो कमजोरी थियो । कुनै पनि कुरामा शीघ्र अपेक्षा गर्दै धैर्यता गुमाउँदा कुनै पनि कुराको प्राप्ति हुँदैन । बरु यस्तो शीघ्र अपेक्षाको प्रवृत्तिले प्राप्त हुनै लागेका उपलब्धिहरु पनि गुम्ने खतरा हुन्छ । त्यसैले नयाँ शक्ति पहिलो निर्वाचनबाट उचित परिणाम नल्याउँदैमा भयभित हुन जरुरी छैन । सबैले के बुझ्न आवश्यक छ भने नयाँ शक्तिले जनताको चेतनास्तर माथि उठाउन एक धक्का हानेको छ । केही धक्कामा यो कसो नढल्ला ?

२. आफ्ना कुरा बुझाउन नसक्नु
बाबुराम भट्टराई समकालीन राजनीतिज्ञहरुमा सबैभन्दा इमान्दार र भिजनरी नेता हुन् । यसमा कसैको दुईमत छैन । नयाँ शक्ति पार्टीमा भट्टराईकै हाराहारीका अन्य नेताहरु पनि छन्, जसको एकमात्र चाहना देशलाई संवृद्धि दिने हो । उनीहरु अहोरात्र यही अभियानमा जुटिरहेका छन् । तर, यो कुरा नयाँ शक्ति पार्टीले जनताबीच लैजान सकेन । नयाँ शक्ति पार्टी र अन्य पार्टीबीचको तात्विक अन्तर के हो ? उसले आमजनताबीचमा प्रष्ट्याउन सकेको छैन । नयाँ शक्तिका नेता तथा कार्यकर्ताले अबका दिनमा नयाँ शक्ति पार्टी के हो र यसको जन्म किन भयो भनेर बुझाउन सक्ने मात्रै हो भने पनि नयाँ शक्तिको पल्लाभारी हुनबाट कसैले रोक्न सक्नेछैन ।

३‍ उम्मेदवार छनौट
विवेकशील नेपाली दल र साझा पार्टीले उम्मेदवार छनौटमा निकै परिपक्वता देखाए । उनीहरुले एउटा छवि बनाएका नेताहरुलाई यसपटक उतारे । तर, बाबुराम नेतृत्वको नयाँ शक्ति जनतालाई फरकपन देखाउन चुके । पुरानै अनुहार, जोसँग जनता वाक्क दिक्क बनेका थिए, तिनैलाई नयाँ शक्ति निर्माणको साधक बनाएर नयाँ शक्तिले चुनावी रेसमा छाडिदियो, जुन किमार्थ गलत थियो ।

दोस्रो चरणको निर्वाचनमा नयाँ शक्तिले आफ्नो उपस्थितिलाई सुधार गर्ने हो भने उसले पहिलो निर्वाचनको परिणामबाट सबक सिक्दै सुधार गर्नुपर्छ ।

४ एउटै क्षेत्रमा फोकस

नयाँ शक्ति पार्टी देशकै वैकल्पिक शक्ति हो । नयाँ शक्तिको विकल्प देशमै नभएकाले जनता ढिलो चाँडो यो विचारमा सहमत हुनुको विकल्प छैन । यति हुँदाहुँदै पनि नयाँ शक्ति पार्टीको फैलावट सबैतिर हुन सकेन ।कतिपयले त बाबुराम भट्टराईको पार्टीले गृहजिल्लामा मात्रै फोकस गरेको र अन्यत्र चासो नदिएकाले परिणाम विपक्षमा परेको तर्क गरेका छन् । नयाँ शक्तिले आगामी दिनमा भक्तपुरमा सीमित नेमकिपा होइन, देशैभर फैलिएको शक्ति बन्न जाँगर चलाउनुपर्छ ।

५ भ्रमको प्रतिवाद
नयाँ शक्ति दोस्रो चरण निर्वाचनमा होमिँदै गर्दा यो शक्तिबाट अत्तालिएकाहरु भ्रमको साहरा लिइरहेका छन् । नयाँ शक्तिले स्थापनाको छोटो समयमा उल्लेख्य जनमत बटुले पनि गोयबल्स प्रचारबाजीमा रमाउनेहरु नयाँ शक्ति जनताको छनौटमा नपरेको बताइरहेका छन् । पहिलो चरणको निर्वाचनले यो सरासर गलत सावित गरिदिइसकेको छ । तर, नयाँ शक्तिले आफ्नो उपस्थितिबारे प्रष्ट्याउन सकेको छैन । भ्रमको खेतीले सीमा नाघे पनि नयाँ शक्ति मौन जस्तै देखिएको छ । उसले आफ्नो उपस्थितिबारे जनतामा प्रष्ट पार्नुपर्छ ।

६ कार्यकर्तालाई कन्भिन्स

नयाँ शक्तिले जित्दाजित्दै पनि कतिपयले नियतबस् हराईरहेका छन् । नयाँ शक्ति पार्टीका स्थापना भएदेखि नै यसलाई निरुत्साहित गर्न लागेकाहरु मौका यही हो शैलीमा जुर्मुराएका छन् । १ स्थानमा जित र धेरै स्थानमा प्रतिस्पर्धीका रुपमा रहेको १ वर्ष मात्रै पार गरेको दललाई बुढा दलसँग तुुलना गरेर गलत तर्कको साहरा लिइएको छ । यो तर्कले एउटा विश्व चर्चित आहानलाई स्मरण गराएको छ । आहान यस्तो छः

रोबर्ट फुल्टन नामक वैज्ञानिकले पहिलोपटक अत्याधुनिक रोबर्टको विकास गरेका थिए । तर, उनले गरेको यो विकास धेरैका लागि टाउको दुखाईको विषय बनेको थियो । त्यसैले ती यसको कुप्रचारमा न्वारनदेखिको बल निकालेर लागे । सुरुमा तिनले तर्क गरे – रोबर्ट फुल्टनले अत्याधुनिक डुंगा बनाएको कुरा नै झुटो हो ।

जब डुंगा फुल्टनले बाहिर ल्याए, तिनले तर्क गरे – फुल्टनले डुंगा त बनाए, तर यसले काम गर्दैन, यो पानीमा चल्दैन ।

जब डुंगा चल्न थाल्यो, तिनको कुतर्क पनि फेरियो । फुल्टको सफल प्रयोगबाट अत्तालिएका आलोचकहरुले तर्क गर्न थाले – डुंगा पानीमा चल्न त चल्यो तर यो रोकिँदैन ।

बाबुराम भट्टराईको डुंगारुपी नयाँ शक्ति आफ्नो बेगमा अघि बढे पनि फुल्टनका आलोचकका फ्यानहरु यसलाई नचलेको प्रचार गरिरहेका छन् । अब तपाईं पनि फुल्टनका आलोचकको पछाडि लाग्ने कि तथ्यमा विश्वास गरेर अघि बढ्ने ? विकल्प आफैं रोज्नुस् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास