दक्षिण भारतमा सडक दुर्घटना, तेह्रजनाको मृत्यु

भारत । दक्षिण भारतको आन्द्र प्रदेशमा प्रहरी चौकी नजिकै प्रदर्शन गरिरहेका किसानहरुको समूहमा शुक्रबार एउटा ट्रक जोतिँदा कम्तीमा १३ जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा करिब २० व्यक्ति घाइते भएका छन् । उनीहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार प्रदर्शन गरिरहेको ठाउँ नजिकै ट्रक चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रकले नजिकैको बिद्युत्को खम्बामा ठक्कर खाएपछि ट्रक प्रदर्शनकारीतर्फ मोडिएको बताइएको छ ।

 घटना चालकको लापरवाहीका कारण भएको एक प्रहरी अधिकारीले आफ्नो नाम नबताउने सर्तमा बताए । चालकले मादक पदार्थ सेवन गरेको वा के कारणले दुर्घटना हुन पुगेको हो सो सम्बन्धमा अनुसन्धान जारी रहेको बताइएको छ । भारतीय समाचार संस्था (पीटीआई) ले ट्रकले प्रदर्शकारीलाई ठक्कर दिएपछि चालक घटनास्थलबाट फरार रहेको जनाएको छ ।

उक्त अवसरमा स्थानीय किसानले गैरकानुनीरुपमा बालुवा उत्खनन् गरेको विरोधस्वरुप प्रदर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति खेद प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यसैवीच आन्द्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले मृतकका परिवारजनलाई भारु पाँच लाख बराबरको राहतको घोषणा गर्नुभएको छ ।

भारतमा कमजोर सडक संरचना तथा चालकको लापरवाहीलगायतका कारण बर्सेनि एक लाख ५० हजार मनिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । यही बुधबार उत्तर भारतमा भएको एउटा बस सडकबाट खस्दा ४४ जनाको मृत्यु भएको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको