थाहा पाउनुहोस्, भातको माड कति उपयोगि

food

एजेन्सी, १० असार । छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड (भात पानी) प्रभावकारी मानिन्छ ।

भातको माडलाई अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो हुन्छ । यसमा सफा गर्ने विशेष तत्व हुने भएकोले फेस वास वा टोनरको रुपमा प्रयोग गर्न सकिन्छ । यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउछ ।

भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ । भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्वको पूर्ती गरिदिन्छ ।

बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो । यो पानीले बालबालिकाको पेट गढबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ । पखला लाग्दा शरिरबाट अत्यधिक पानी जाने भएकोले भातको पानीले पूर्ती गरिदिन्छ ।

भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ । पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ ।

भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ । गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउछ । स्याम्पु दलेपछि कपालमा कन्डिसनर मसाज गरेजस्तै गरी भातको पानी प्रयोग गर्नुहोस, र केही मिनेटपछि चिसो पानीले सफा गर्नुहोस, कपाल मुलायम र चम्किलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

श्रमिकहरु द्धारा नागरिक कम्युनिटी हस्पिटलको प्रशासन कक्षमा तालाबन्दी

२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा

पाटी भन्ज्याङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१८भदौ,भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.-८को आयोजना र हेल्दी हार्ट क्लिनिकको सहयोगमा पाटिभन्ज्याङमा एकदिवसीय निशुल्क

गठबन्धन सरकारले डिजेल र मट्टीतेलको मूल्य बढायो

काठमाडौं, भदौ १ ७  गते । गठबन्धन सरकारले दशैको मुखमा नेपाली जनतालाई मार पार्ने गरि फेरी

युवा संघको आयोजनामा तिज बिशेश सरसफाइ कार्यक्रम

८भदौ,भक्तपुर। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले जडिबुटीदेखि भक्तपुरको गठ्ठाघरसम्मको फोहोर उठाएको छ।बुधबार तीज विशेष

सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्दै

७ भदौ,भक्तपुर। सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्ने अन्तिम तयारी पूरा गरेको छ।अस्पतालले