ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व

साउन ७, २०७८,  प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।

भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।

चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताए ।

ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा ट्र्याक्टर समातिएको श्रेष्ठले बताए ।

कारबाहीका लागि पठाइएका यस्ता सवारीसाधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ ।

गतवर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ ।  सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

चालू आव २०७८/७९ को शुरूआतसँगै यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही तीव्र पारिएको छ । कोरोना महामारीका कारण सवारीसाधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ । यो समाचारआर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्