१५ भदाै, काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनवाट डाटा प्याक अपर दिने भएकाे छ । बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै शुभ–बिहानी–सन्ध्या डाटा प्याक अपर दिने भएकाे हाे ।
कम्पनीले जीएसएम प्रीपेड मोबाइल प्रयोगकर्ताहरुका लागि यो अफर दिएकाे कम्पनीले जनाएकाे छ । यो अफर बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ । १०० एमबी डाटा ३ दिनका लागि समयावधि हुने गरी ४५ रुपैयाँ शुल्क तोकेको छ । २२५ एमबी डाटाका एक सातासम्म ९० रुपैयाँमा तिरेर प्रयोग गर्न सकिन्छ ।
उपभोक्ताले १०० एमबी डाटा खरिद गर्न स्पेसल १०० एमबी र २२५ एमबीका लागि स्पेसल २२५ एमबी लेखेर १४१५ मा एसएमएस गर्नुपर्ने छ । यो डाटा प्याक अपर बिहीबारदेखि ३ महिनासम्म लागू हुने कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले बताएकी छिन् ।
महसुल दर (रुपैयाँ) डाटा भलुम (एमबी) समयावधि
४५ १०० ३ दिन
९० २२५ ७ दिन