जुफाल बिमानस्थलको दुईसय मिटर कालोपत्रे

received_2064206277169497_xbQcAX0McT

असार २७ , डोल्पा–डोल्पाको जुफाल बिमानस्थलको दुईसय मीटर कालापत्रे सम्पन्न भएको छ ।

विमानस्थलको ५६० मिटरमध्ये असार १ गते देखि २६ गतेसम्म दुईसय मिटर कालोपत्रे गरिएको बिमानस्थलका आयोजना प्रमुख बिरप्रसाद शाहीले जानकारी दिए ।

आगामी भदौ पहिलो सातासम्ममा कालोपत्रे गर्ने काम सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख शाहीले बताएका छन् ।

 कर्णालीका चारवटा बिमानस्थलहरु कालोपत्रे भईसकेपनि डोल्पाको जुफाल बिमानस्थलमा भने कालोपत्रेको काम भर्खरै सुरुभएको हो  ।

 

photo

NOC1-250x300