चिनियाँ रक्षामन्त्री किन आउँदैछन् नेपाल

c3963031e29c8a2a4ebe1d8230232d50-750x406काठमाडौंः चिनियाँ रक्षामन्त्री छाङ् आन छ्वानले चैत दोस्रो साता नेपाल भ्रमण गर्ने भएका छन् ।

चैतमा पहिलो पटक हुन लागेको नेपाल–चीन संयुक्त सैन्य अभ्यासको अवसरमा उनी नेपालमा आउन लागेको हुन् । रक्षामन्त्री छ्वान नेपाली समकक्षी बालकृष्ण खाँडको निमन्त्रणामा नेपाल भ्रमणमा आउन भएका हुन् ।

छ्वानको भ्रमणले चिनिया राष्ट्रपति सी जीङ पीङलाई नेपाल भ्रमण गराउन सहज भूमिका खेल्ने अपेक्षा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको छ ।

नेपाल–चीनका सेनाबीच ‘प्रतिरोध’ नामका सैन्य अभ्यास चैतको दोस्रो साता नेपालमा हुँदैछ । अमेरिका र भारतसँग मात्रै सैन्य अभ्यास गरिरहेको नेपाली सेनाले उसको इतिहासमै पहिलो पटक चिनियाँ सेनासँग संयुक्त अभ्यास गर्न लागेको हो ।

 

 

photo

NOC1-250x300