हिलाले कस्ता पुरुषबाट बढी यौनसुख पाउँछन् ?आफ्नो सुखद भविष्यका लागि प्रायःजसो महिलाको सपना धनी पुरुषसँग विवाह गर्ने हुन्छ । यो मान्यता हाल करिब–करिब विश्वभर नै लागू हुन थालेको छ । तर, वैज्ञानिकहरुले भने अर्को नयाँ कुराको खुलासा गरेका छन् । पुरुष जति धनी हुन्छ उसको यौनसाथीले पनि उत्तिक्कै चरम यौनसुख प्राप्त गर्छ । ‘ महिलाको चरम सुःख उनका यौनसाथीको आम्दानीमा भर पर्छ,’ युक्यासल युनिभर्सिटीका मनोविज्ञ डा. थोमस पोलेट भन्छन् । धनवान् पुरुषका कारण महिलामा चरम सुःख हुने प्रक्रियालाई ‘इभोलुसनरी एडप्सन’ बताउँदै विज्ञले सो प्रक्रिया महिलाको जिनमा विकसित हुने बताएका छन् ।
इभोलुसनरी एडप्सन अर्थात् प्रगति ग्रहण प्रक्रियाले महिलालाई उच्च गुणको पुरुष साथी छनोट गर्न अभिप्रेरण दिन्छ,’ अध्ययनका सह–लेखक डेनियल नेटल भन्छन् । सो विश्वास परीक्षण गर्न विश्वकै सबैभन्दा ठूलो जीवनशैली अध्ययनमा संग्रह गरिएका तथ्यांकलाई विज्ञले प्रयोग गरेका थिए । चाइनिज हेल्थ एन्ड फेमिली लाइफ सर्भेले चीनभरबाट ५ हजार मानिसको छनोट गरी उनीहरुको व्यक्तिगत जीवनबारेमा विस्तृत अन्तर्वार्ता लिएको थियो ।
अन्तर्वार्ताका क्रममा उनीहरुको आम्दानी, यौन जीवन र अन्य विषयलाई पनि समावेश गरिएको थियो । तीमध्ये १५ सय ३४ पुरुष साथी भएका महिलाको जवाफलाई अध्ययनको प्रमुख आधार बनाइएको थियो । विश्लेषणबाट १ सय २१ महिलाले यौन सम्पर्क गर्दा सधैं चरम सुःख पाएको बताए भने ४ सय ८ जनाले प्रायः यस्तो सुःख पाउने बताएका थिए । यसैगरी, बाँकीमध्ये ७ सय ६२ जना महिलाले कहिलेकाँही चरम सुःख पाउने बताएका थिए । त्यस्तै, छनोटमा रहेका २ सय ४३ ले कहिल्यै पनि नपाएको वा मुिस्कलले कहिलेकाहीं पाएको बताएका थिए ।
यो तथ्यांक पश्चिमेली मुलुकको तथ्यांकसँग मेल खाएको अध्ययनमा बताइएको थियो । यौन चरम सुःखमा यस्तो भिन्नता देखिनुमा विभिन्न तत्व जिम्मेवार रहे पनि डा. पोलेटले पैसा प्रमुख कारक तत्व रहेको बताए । महिलाको चरम सुःख अनुभूति गर्ने आवृत्तिलाई यौनसाथीको आयले प्रभाव पारेको थियो । धनी यौनसाथीले महिलालाई बढी चरम सुःख दिएका थिए ।
–
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने