५ साउन, काठमाडौं । राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रम बमले नयाँ गणतान्त्रिक संविधानलाई विखण्डनकारीको संज्ञा दिएका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रममा बमले यस्तो आरोप लगाएका हुन् ।
प्रमुख तीन दलका नेताहरुले मुलुक चलाउन नसक्ने बताउँदै अध्यक्ष बमले भने, ‘मुख्य तीन दलका नेताले यो मुलुक चलाउन सक्दैनन्, तीन दलको सिण्डिकेटले मुलुक भड्खालोमा जाक्किँदैछ, यो संविधानलाई तीन दल काँग्रेस, एमाले र माओवादीलेबाहेक अरु कसैले मानेका छैनन् ।
उनले अघि थपे, ‘हामी संवैधानीक राजतन्त्र र हिन्दुराज्यको पक्षमा छौं, ०४७ सालको संविधान अनुसार मुलुकलाई सुमार्गतिर लैजान सकिन्छ, होईन भने यो विखण्डनकारी संविधानले मुलुक विभाजनतिर जान्छ।’ उनले राप्रपाका अध्यक्ष कमल थापाले राजतन्त्रको नाममा गणतन्त्रको स्वाद लिइरहेको समेत आरोप लागाए ।
उनले भने, ‘कमल थापा सुरुमा राजतन्त्र र हिन्दुराज्यको मुद्धा उठाएर जनताको बीचमा गए, जनताले दिएको मतलाई उनले पद, शक्ति र सक्तासँग साटे, थापा जसको सरकार आएपनि सक्ताभन्दा बाहिर रहन नसक्ने भए, त्यहि भएर पनि आज राप्रपाका अधिकांश कार्यकर्ता पार्टी छोड्दैछन,् त्यस्तै डा.प्रकाशचन्द्र लोहनी राप्रपामा टिक्न नसकेर बाहिरिएका छन्।’
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्