क्षेत्रीय नाकाबन्दीका कारण अभाव बेहोरीरहेको कतारका लागि इरानले पाँचवटा विमान खाद्यान्न पठाएको छ।
इरानको मुख्य विरोधी साउदी अरेबिया सहित केही मुलुकहरुले कतारसँग सम्बन्ध तोडेका छन्।
कतारले आतंकवादलाई सहयोग पुर्याएको उनीहरुको आरोप छ, जुन कतारले अस्वीकार गर्दै आएको छ।
कतारमा आउने खाद्यान्नको चालीस प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदी अरेबियाबाट आउँथ्यो।
इरान एअरका प्रवक्ता शारोख नुशाबदीले समाचारसंस्था एएफपीलाई आइतबार भने, “अहिलेसम्म पाँचवटा विमानभरी फलफुल र तरकारी पठाएका छौं अर्को विमान पनि पठाउँछौं।”
ती प्रवक्ताले कतारमा माग भएसम्म सामान पठाउने बताए।
यसैबीच कतारमा रहेका साउदी अरेबिया, बहराइन र युएइका नागरिकलाई कतार छोड्न नभनिने कतारले जनाएको छ।
तर कतारको विरोध गरेका ती देशहरुले सबै कतारी नागरिकहरुलाई १४ दिन भित्र आफ्नो देश छोड्न भनेका थिए।
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको