September 2, 2021

कक्षा १२ काे परीक्षा भदाै ३० देखि

 २०७८ भदौ भदौ १७,काठमाडाैं । कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने भएकाे छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गते देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा होम सेन्टरबाटै सञ्चालन हुने बाेर्डले जनाएकाे छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरेर परीक्षा सञ्चालन हुनेछ । बाेर्डले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

यसअघि गत जेठमा हुने भनिएकाे परीक्षा साउनका लागि तय थियाे । साउन ३१ गतेदेखि सुरु गर्ने भनिएकाे परीक्षा काेभिड संक्रमण जाेखिमका कारण स्थगित भएकाे थियाे । अरु परीक्षा चलिरहेका बेला कक्षा १२ काे परीक्षा मात्र स्थगित गरेकाे भन्दै सरकारकाे आलाेचना भएकाे थियाे ।

करिब ४ लाख विद्यार्थीकाे भविष्य अन्याेलमा परेकाे भन्दै सराेकारवालाहरुले काेभिड खाेप दिएर वा अन्य विकल्प प्रयाेग गरेर परीक्षा सुरु गर्न सरकारलाई आग्रह गरेका थिए ।१८ वर्ष पुगेका विद्यार्थीलाई काेभिड विरुद्धकाे खाेप लगाउने क्रम अहिले चलिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

यि १२ जिल्लामा आज र भोलि विभिन्न भारी वर्षा हुने सम्भावना

 असार १५,काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज