ओलीलाई देउवाको चूनौति,‘महाकाली सन्धि त पारित गराएँ, यो संशोधन प्रस्ताव…

kp-oli-and-deuba-1

काठमाडौं, १६ बैशाख – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुवीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेटवार्ता भएको छ । 

करिब एक घण्टा लामो चलेको छलफलमा एमाले अध्यक्ष ओलीले आफ्नो पूर्ववर्ती अडान कायमै रहेको प्रतिक्रिया दिएका थिए । तर काँग्रेस सभापति देउवाले संशोधन प्रस्ताव पारित गराएर मुलुकलाई निर्वाचनतर्फ जानुपर्ने भएकोले एमालेले सहयोग तथा समर्थन गर्नुपर्ने भनाई राखेका थिए । तर, अध्यक्ष ओलीले अहिलेको संशोधन प्रस्तावमा एमालेले कुनैपनि हालतमा सहयोग गर्न नसक्ने प्रतिक्रिया दिएको स्रोतले जानकारी दियो ।

ओलीले आफ्नो अडान नछोडेपछि काँग्रेस सभापति देउवा पनि आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईहरु यो गर्दा पनि मान्नुहुन्न, अनि त्यो गर्दापनि मान्नुहुन्न, के गर्न खोजेको हो ? एमालेले सहयोग नगरेपनि यो प्रस्ताव पारित हुन्छ ।’ देउवाले यसो भनिरहँदा ओलीले मुसुक्क हाँसेर पेचिलो जवाफ दिए,‘एमाले बिना…? कसरी पास हुन्छ हामी पनि हेर्छौं?’

त्यसपछि देउवाले ओलीलाई चूनौति दिँदै भनें,‘महाकाली सन्धि त पारित गराएँ, यो संशोधन प्रस्ताव ? हेर्दै जानुहोला, हामी जसरी पनि यो प्रस्ताव भोलि नै पारितगराएर छाड्छौं ।’

छलफलमा एमालेका तर्फबाट भने पार्टी अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेललगायत नेता सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

पोखरेल र ओलीबीच डेढ घण्टे वार्तामा वरिष्ठ उपाध्यक्ष पद हटाउन असहमति

काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद