चैत १, २०७३ काठमाडौं स् स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा पठाउन नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रलयसँग माग गरेकोमा सामान्य प्रशासन मन्त्रालयले सोमबारै ३ सय बढी अधिकृतको व्यवस्थापन मिलाएको छ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा पठाउने गरी २ सय ७० जना शाखा अधिकृत र ६० उपसचिवको व्यवस्थापन भइसकेको बताए।
‘उहाँहरुलाई पत्र दिने काम भइरहेको छ,’ उनले भने, ‘बाँकी कर्मचारी पनि साताभित्रै व्यवस्थापन भइसक्नेछ।’ स्थानीय तहलाई खटाइएका सबै शाखा अधिकृत नयाँ लिइएका कर्मचारी हुन्। लोकसेवा उत्तीर्ण भएर स्टाफ कलेजमा तालिमरत २ सय ७० जनालाई सामान्य प्रशासन मन्त्रालयले पठाउने निर्णय लिएको हो।
६ महिने तालिममा रहेका उनीहरु ३ महिना तालिमपछि विभिन्न जिल्ला र निकायमा काम सिक्दै थिए। अब मात्रै उनीहरुलाई जिम्मेवारीमा खटाइन लागेको हो।थाहा खबर बाट