असार ९, काठमाडौं : सावधानीका उपाय अपनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्न सकिने गरी बन्दाबन्दी खुकुलो बनाएपछि उद्योग क्षेत्र आफ्नो चुनौती खेप्दै लय समाउने प्रयासमा जुटेको छ ।
असार १ देखि बन्दाबन्दीको स्वरूप परिवर्तन गरिएपछि कोरोना सङ्क्रमण जोखिमका कारण करिब दुई महिना बन्द रहेका उद्योग श्रमिक जुटाउने, जोखिम सुरक्षा अपनाउने लगायतका गतिवधि बढाउँदै लगेका छन् । कतिपय उद्योग भने अझै अनुकूल समयको प्रतीक्षामा छन् ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मोरका अनुसार खुकुलो बन्दाबन्दीले चुनौतीबीच उद्योग सञ्चालनमा धेरै सहजता मिलेको छ । बन्दाबन्दीको समयमा सुस्ताएका उद्योगी सकारात्मक सोच र आँट राखेर उद्योग व्यवसाय सञ्चालनको प्रयासमा जुटेका छन्, उनले भने, यद्यपि चुनौती अझै धेरै छन् । सरकार र निजी क्षेत्रबीच धेरै कुरामा अझै धेरै समझादारी हुनु जरुरी छ । खासगरी उद्योगमा देखिने वित्तीय समस्या, श्रमिकको पारिश्रमिक, भुक्तानी बजार व्यवस्थापन लगायतमा सरकारको सहयोगको अपेक्षा रहेको उनी बताउँछन् ।
नेपाल चामल, दाल तथा तेल उद्योग सङ्घका अध्यक्ष सुबोध अग्रवालका अनुसार यो क्षेत्र अहिले आफ्नो क्षमताको ७५ प्रतिशत सञ्चालनमा आइसकेको छ । यद्यपि पूर्ण बन्दाबन्दीका समयमा पनि अत्यावश्यक उद्योग भएकाले यो क्षेत्र सामान्य सञ्चालनमा थियो । करिब तीन महिनाको लकडाउनमा हाम्रा उद्योग ४० प्रतिशत क्षमतामा सञ्चालित थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड