२०७८ साउन १३, काठमाडौं । नेप्से परिसूचक आज करिब ३१ सय विन्दु नजिक पुगेको छ । आज १५.३० अंकले बढ्दै नेप्सेले अहिलेसम्मकै उच्च ३,०९४.९५ विन्दुमा पुगेको छ । यस अघि हिजो मात्र नेप्सेको उच्च विन्दु ३,०७९ रहेको थियो ।
बजार खुलेको एक घण्टामा नेप्से परिसूचकले ३१ सय विन्दु पार गरेको थियो । आज सबैभन्दा बढी होटल तथा टुरिजम समूहका लगानीकर्ताले ७.९ प्रतिशतले कमाएका छन् ।
बैंकिङ, हाइड्रोपावर, उत्पादन तथा म्यूचल फण्ड समूहको उपसूचक रातो भएको छ । आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ३८ करोड रुपैयाँ बराबरको भएको छ ।
चन्द्रगिरी हिल्सलगायत तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज २ करोड ८१ लाख ७० हजार १७२ कित्ताको किनबेचमा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको