१३ चैत, काठमाडौं । अलकायदाका शीर्ष आतंकवादी नेता कारी यासिन अमेरिकी ड्रोन आक्रमणमा मारिएका छन् । पूर्वी अफगानिस्तानमा १९ मार्चमा भएको आक्रमणमा उनी मारिएको पेन्टागनले जनाएको छ ।
यासीनमाथि थुप्रै आतंकवादी हमलाको षडयन्त्र गरेको आरोप छ । यसैगरी दुई अमेरिकी नागरिकको हत्या गरेको अभियोग पनि उनीमाथि रहेको रोयटर्सले जनाएको छ ।इस्लामावादको मेरियट होटलमा २० डिसेम्बर २००८ मा भएको बम विष्फोटमा यासीनलाई जिम्मेवार ठहर्याइएको छ ।
उक्तविष्फोटमाअमेरिकीवायु सेना नौसेनाका दुई जवान मारिएका थिए ।यसैगरी २००९ मा लाहौरमा श्रीलंकाको क्रिकेट टिमलाई बोकेको बसमाथि भएको आक्रमणमा पनि उनको संलग्नता रहेको बताइन्छ । उक्त घटनामा ६ पाकिस्तानी प्रहरी तथा दुई सर्वसाधारणको मृत्यु भएको थियो । हमलामा क्रिकेट टोलीका ६ सदस्यहरु घाइते भएका थिए ।अमेरिकी रक्षामन्त्री जिम मेटिसले भनेका छन्, ‘कारी यासिनको मृत्यु इस्लामलाई बदनाम गर्ने आतंकवादीविरुद्ध कडा कारवाहीको प्रमाण हो ।’निर्दोष व्यक्तिहरुलाई सुनियोजित रुपमा निशाना बनाउने आतंकवादी न्यायको कठघराबाट बच्न नसक्ने उनले बताए । अमेरिकाले विगत चार वर्षदेखि यासीनको खोजी गरिरहेको थियो ।
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको