अदालत परिसरबाटै विप्लवका ९ कार्यकर्ता पक्राउ

जेठ ३१, काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता थुनामुक्त हुन आदेश पाएकाे ५ घण्टा नबित्दै पुनः पक्राउ परेका छन् ।

बिहिबार उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै प्रहरीले उनीहरुलाई पुनः नियन्त्रणमा लिएको हो ।

प्रहरीले गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ उरीबाट विप्लव नेता तथा कार्यकर्ता जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियारलाई नियन्त्रणमा लिएको थियो ।

गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै बन्दीका आफन्तले प्रत्यक्षीकरणको रिट हालेपछि अदालतले रिटमाथि सुनुवाई गर्दैै बिहीबार छोड्ने आदेश दिएको थियो । सोही दिन साँझ नै उनीहरुलाई प्रहरीले अदालत परिसरबाटै बाहिर निकालेर पक्राउ गरेको हो।

उरीबाट पक्राउ परेका १८ मध्ये ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गर्ने ब्यक्ति : डा.सागरकुमार राजभण्डारी

पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष  सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः

चीनले केरुङ–काठमाडौँ रेलवे अध्ययनमा १५ अर्ब अनुदान दिने

काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन

मंसिर ३ गते १८ बर्ष पुगे भोट हाल्न पाइन्छ

काठमाडौं, साउन २५गते, पीपुल नेपाल  । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा

ट्रेडयुनिय दर्ताको नाममा असुली धन्दा, मजदुरलाई सास्ती नेतालाई मस्ती !

काठमाडौं, श्रावण २५, पीपुल नेपाल।ईन्टरनेट सेवा प्रदायक कम्पनी ओल्डलिङ्क कम्युनिकेशन्स प्रा.लि मा श्रमीक र ब्यास्थापन

इन्टर्नेटप्रदायक ब्यबसायको गैरजिम्मेवारीपनका कारण दृश्य प्रदुषण, संबन्धित निकाय मौन, जनजीवन प्रभावित

पिपुल नेपाल संवाददाता,२४साउन,भक्तपुर। सूचना प्रबिधिको विकाससंगै पछिल्लो समयमा ईन्टरनेट प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ। प्रयोगकर्ताहरुको

वातावरण प्रदुषणको चुनौती  र समाधान 

पीपुल नेपाल । श्रावण २४, काठमाडौं  । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा पानी, प्राणी, वनस्पति