काठमाडौं, जेठ ४–समूह विभाजन गरी ११ स्थानबाट गणना सुरु भएको काठमाडौ महानगरपालिकाको मतगणना कार्यमा प्रभावकारी परिवर्तन आउन सकेको छैन । सोमबार दिउँसोबाट एक स्थानबाट सुरु भएको सो महानगरपालिकाको मत गणनाको काम बुधबारबाट ११ स्थानमा विभाजन गरी गणना गर्न थलिएको थियो ।
मत गणना पट्यारलाग्दो, सुस्त र कछुवागतिको भएको भन्ने आलोचनापछि आयोगले त्यसलाई विस्तार गर्दै व्यवस्थित पार्ने प्रतिवद्धतासहित गणनास्थल बढाउनुका साथै कर्मचारी समेत बढाएर व्यवस्थित बनाउने जनाएको थियो । तर, आयोगको यो प्रतिवद्धतापछि परिणाम आउने क्रम नगन्य मात्रामा बढेपनि सुस्तता र भद्रगोल भने कायमै छ ।
आयोगले समुह विभाजन गरेर मतगणना थालेको २४ घण्टा वित्दा अपेक्षाकृत नतिजा आएको छैन । बिहीबार तीन बजेसम्म पनि काठमाडौ महानगरपलिकाको १२ हजार बढि मत गनिएको छैन । बुधबार दिउँसोसम्म हुन झण्डै तीन हजार मत गनिएको थियो । समह विभाजनपछि भएको मत गणनाको २४ घण्टामा नौ हजार मत गनिएको छ । यहि रफ्तारमा गन्दा पनि काठमाडौ महानगरपालिकाको झण्डै दुई लाख मत गन्न अझै १९ दिन लाग्ने देखिन्छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता