February 21, 2018

एक बर्ष पछि काठमाडौंमा मास्क लगाउनु पर्दैन :मन्त्री पण्डित

 


 लालबाबु पण्डित

लालबाबु पण्डित
 

फाल्गुन ९, काठमाडौं । वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ।स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले आज जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसमक्ष अपिलपत्र बुझाउँदै काठमाडौँलाई मास्कमुक्त बनाउने प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेको हो।

अपिलपत्रमा सडक निर्माण विस्तारलाई व्यवस्थित नगरिनु, सडक व्यवस्थापनको सट्टा विस्तारमा मात्र जोड दिनु र वातावरणमैत्री सवारीसाधनलाई निरुत्साहित गरिनुले काठमाडौँलगायत शहरी क्षेत्रको वातावरणीय प्रदूषणको समस्या विकराल बन्दै गएको उल्लेख छ। सो अवसरमा मन्त्री पण्डितले विद्युतीय सवारीकोे प्रोत्साहन गर्न र प्लाष्टिकजन्य पदार्थको उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाउँदै प्रयोगलाई निरुत्साहित गर्न आफूले पहल गर्ने बताए।

उनले सबैको साथ र सहयोग रहेमा एक वर्षभित्र राजधानीलाई मास्कमुक्त गराउने प्रतिबद्धता जनाए। स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भरत बस्नेतले रासायनिक पदार्थको प्रयोगलाई नियन्त्रण गर्न, प्लाष्टिकको प्रयोग बन्द गर्न तथा विद्युतीय सवारीलाई प्राथमिकता दिन सकिएमा राजधानीलाई स्वच्छ र स्वास्थ बनाउन सकिने धारणा राखे। 

सोही संस्थाका कार्यक्रम व्यवस्थापक राजन थापाले राजधानीको वायु प्रदूषणको समस्याप्रति नीतिनिर्माता तथा सर्वसाधारणलाई सचेत एवं जागरुक गराउन मास्कमाडौं–३ अभियान शुरु गरिएको जानकारी दिँदै मन्त्रालयसँग सहकार्य गरी वातावरण संरक्षणमा काम गर्न तयार रहेको बताए।रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने