१० दिनभित्र माग पूरा नभए फेरि अनशन बस्ने गंगामायाको चेतावनी !

Ganga-Maya-Adhikariकाठमाडौं – छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनशन बस्दै आएकी गोरखा फुजेलकी ६२ वर्षीया गंगामाया अधिकारीले शुक्रबार ४६औं दिनमा अनशन तोडेकी छन् ।सरकारले पाँचबुँदे सहमति कार्यान्वयन गर्ने सहमति पछि उनले अनशन तोडेकी हुन् । 

पटकपटक अनशन बस्दै आएकी अधिकारी पछिल्लोपटक वीर अस्पतालमा १५ जेठदेखि अनशनमा थिइन् । अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको ६ असोज २०७१ मा निधन भएको थियो भने छोरा नुरप्रसाद बेपत्ता छन् ।
गंगामायाले माग १० दिनभित्रमा पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिएकी छन् ।

‘सरकारले माग पूरा गर्ने प्रतिबद्धता तथा सहमति गरेको छ तर कार्यान्वयन गरेको छैन,’ गंगामायाले भनिन्, ‘अहिले मैले अनशन तोडेकी होइन्, स्थगित गरेकी हुँ । १० दिनको समय दिएकी छु । माग पूरा नभए म फेरि अनशन बस्छु ।’

पटकपटक जुस खुवाएर अनशन तोडाउने काम भए पनि माग पूरा गर्ने काम सरकारबाट नभएकाले आफू धेरैपटक जिउँदै मरिसकेको उनले बताइन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने