सेल्फी खिच्‍ने क्रममा चिप्लिएर नवदुलहीसहित चार जनाको मृत्यु

नयाँ दिल्ली । भारतको तमिलनाडुस्थित एक बाँधमा सेल्फी लिने क्रममा चिप्लिएर नवदुलहीसहित एकै परिवारका चार जनाको मृत्यु भएको छ । 

त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा,२० वर्षिया कन्निगा र १४ वर्षिय सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ । 

नवदुलाहा २५ वर्षीय जी पेरुमाल्सामी र उनकी बहिनी १५ वर्षीया युवारानी पेरुमाल्सामी भने जोगिन सफल भएका छन् । सन् २०११ यता  विश्वव्यापी रुपमा सेल्फीका कारण २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सन् २०१८मा गरिएको एक अध्ययन अनुसार यसरी मृत्यु हुनेमा सबैभन्दा बढी भारतका रहेका छन् । स्थानीय कृष्णागिरी जिल्लाका वरिष्ठ प्रहरी अधिकारी  एस प्रभाकरले जनाए अनुसार पम्बर बाँधमा गएको आइतबार सो घटना भएको हो । 

“बाँधमा उनीहरुले सेल्फी लिने प्रयास गरेका रहेछन् । त्यही बेला चिप्लिए ।उनीहरु त्यहाँ भएको बेलामा पानीको तह बढेको थियो”प्रभावकरले भने । मृत्यु हुनेहरुको शव तत्कालै बाहिर ल्याइएको थियो । भारतको जर्नल “फेमिली मेडिसिन एण्ड प्राइमरी केयर”ले सार्वजनिक गरेको पछिल्लो एक अध्ययन प्रतिवेदनमा जनाइएअनुसार सन् २०११को अक्टोबर देखि २०१७को नोभेम्बर सम्ममा सेल्फी खिच्दा विश्वभरीमा २५९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने