सुन तस्करीमा गाेरे समुहले यसरी सनमलार्इ मारेकाे खुलासा (भिडियाे)

साढे ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले तस्करीमा संलग्नहरुलाई यातना दिएको भिडियो सार्वजनिक भएकाे छ । सुन तस्करीको मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

गत वैशाख ३० गते थुनछेक बहसका क्रममा भिडियो देखाउन खोजिए पनि अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।, अहिले विभिन्न सञ्चार माध्यमबाट भिडियाे सार्वजनिक भएकाे छ ।

भिडियोमा गोरे समूहले उर्लाबारी, धरान लगायत विभिन्न ठाउँमा यातना दिएको देखिन्छ । भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटर भित्रको घना जंगलमा सनम शाक्य लगायतलाई यातना दिइएको थियो ।

गत वैशाख ३० गते थुनछेक बहसका क्रममा भिडियो देखाउन खोजिए पनि अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।, अहिले विभिन्न सञ्चार माध्यमबाट भिडियाे सार्वजनिक भएकाे छ ।

भिडियोमा गोरे समूहले उर्लाबारी, धरान लगायत विभिन्न ठाउँमा यातना दिएको देखिन्छ । भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटर भित्रको घना जंगलमा सनम शाक्य लगायतलाई यातना दिइएको थियो ।

भिडियाेमा गाेरे समुहले तीन जनालाई हातखुट्टा बाँधेर भुइँमा लडाएपछि ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाइएको देख्न सकिन्छ । गोरे समूहका मोहन काफ्लेले कुटपिट गर्दै ‘सुन कहाँ छ भन्छस भने भन् नत्र यही पेट्रोल समेत खन्याई जलाएर मारिदिन्छु’ भन्दै यातना दिएको देख्न सकिन्छ ।

उनीहरुले कान्छी चोकमा पाइपले कुट्दै करेन्ट लगाउँदा सनमको मृत्यु भयो । लगतै गोरेले प्रहरी अधिकारीलाई लाश व्यवस्थापन गर्न ‘५ करोड’ को अफर गरेका थिए ।

त्यसक्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली पूर्व गएको थियो र, धरानबाट शव बरामद गरेको थियो । यद्यपि, घटना सार्वजनिक गर्दा बिराटनगरमा बरामद भएको बताइयो । र, पक्राउ परेकाहरुले आफैं समेत पीडित भएको बयान दिएपछि छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । त्यसक्रममा गोरे समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो ।

हेर्नुहाेस् भिडियाे

सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको छ । जसमा बहालवालासहित ९ प्रहरी अधिकारी समेत छन् ।

मोरङको उर्लावारी नगरपालिका वडा नं ७ निवासी सनम शाक्य पेशाले पटके कर संकलक थिए । ३६ वर्षिय शाक्यकी ४ वर्षीया एक छोरी र श्रीमति छन् । सनमको शवलाई फागुन १९ गते शनिवारका दिन बिराटनगर ३ स्थित गोधुली मार्गमा दिनको करिव १ बजे तिर मोरङ प्रहरी र सिआईबिको संयूक्त प्रयासमा फेला पारिएको थियो ।

बा १२ च ५९६३ नम्वरको स्कार्पियोमा शवलाई भारत तर्फ लैजादै गर्दा बाटोमा समातिएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराईसकेको छ । शव ब्यवस्थापन गर्न लैजादै गर्दा स्कार्पियोमा जिउँदो मान्छे जस्तै गरेर सुताएर लगिएको थियो । शव त्रिपालले छोपेको अवस्थामा भेटिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने